Shittalpati
पाल्पामा थपिए २९ नयाँ संक्रमित, ११ जना निको भए

पाल्पा, जिल्लामा पछिल्लो २४ घण्टामा थप २९ जना नयाँँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले सोमबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा २९ जनामा संक्रमण पुष्टि भएको हो ।

२० जनाको पीसीआर परीक्षण गर्दा ३ जनामा संक्रमण देखिएको हो । जसमा तानसेन नगरपालिकाका २ र तिनाउ गाउँपालिकाका १ जना रहेका छन् । जसमा २ जना महिला र १ जना पुरुष रहेको स्वास्थ्यको तथ्याङ्कमा उल्लेख छ । योसँगै जिल्लामा पीसीआर विधिबाट परीक्षण गरिएका कोरोना संक्रमितको संख्या ६ हजार ३ सय ५१ पुगेको छ । जसमा २ हजार ४ सय ९६ महिला र ३ हजार ८ सय ५५ जना पुरुष रहेका छन् ।

यस्तै, पछिल्लो २४ घण्टामा १ सय ९१ जनामा एन्टिजेन परीक्षण गरिएकोमा २६ जनामा संक्रमण देखिएको हो । तानसेन नगरपालिकाका १३, रैनादेवी छहरा गाउँपालिकाका ५, रामपुर नगरपालिका, रम्भा गाउँपालिका, बगनासकाली गाउँपालिकाका २/२ जना, माथागढी गाउँपालिका र रिब्दीकोट गाउँपालिकाका १/१ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ । योसँगै जिल्लामा एन्टिजेन परीक्षणबाट संक्रमण हुनेको संख्या ४ हजार ६१ पुगेको छ । जहाँ २ हजार १ सय ७ जना महिला र १ हजार ९ सय ५४ जना पुरुष रहेको स्वास्थ्य कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

यस्तै पछिल्लो २४ घण्टामा ११ जना संक्रमितले कोरोना जितेका छन् । जिल्लाका विभिन्न अस्पतालमा उपचार गराइरहेका र होमआइसोलेसनमा रहेका ११ जना संक्रमित कोरोनामुक्त भएका हुन् । स्वास्थ्य कार्यालयका अनुसार तानसेनका ३, बगनासकालीका ४, रामपुरका २, तिनाउ, रिब्दीकोटका १/१ जना संक्रमित कोरोनामुक्त भएका हुन् । योसँगै जिल्लामा कोरोना संक्रमणबाट निको हुनेहरुको संख्या १० हजार ५८ पुगेको छ । जसमा ५ हजार ६ सय २५ महिला, ४ हजार ४ सय ३३ जना पुरुष रहेका छन् । यहाँ अहिलेसम्म २ सय ५० जना संक्रमितको मृत्यु भइसकेको छ । जसमा ८३ जना महिला र १ सय ६७ जना पुरुष रहेको स्वास्थ्य कार्यालयको तथ्याङ्कमा छ । जिल्लामा अहिलेसम्म १ सय ४ जना सक्रिय संक्रमित रहेका छन् । जस मध्ये ८२ जना होम आइसोलेसनमा रहेका छन् भने २२ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति: सोमबार, कात्तिक १, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update