पाल्पा, जिल्लामा पछिल्लो २४ घण्टामा थप १५ जना नयाँँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले मंगलबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा १५ जनामा संक्रमण पुष्टि भएको हो ।
३० जनाको पीसीआर परीक्षण गर्दा ६ जनामा संक्रमण देखिएको हो । जसमा तानसेन नगरपालिकाका ४, रैनादेवी छहरा गाउँपालिका र रम्भा गाउँपालिकाका १/१ जना रहेका छन् । जसमा ५ जना महिला र १ जना पुरुष रहेको स्वास्थ्यको तथ्याङ्कमा उल्लेख छ । योसँगै जिल्लामा पीसीआर विधिबाट परीक्षण गरिएका कोरोना संक्रमितको संख्या ६ हजार ३ सय ५७ पुगेको छ । जसमा २ हजार ५ सय १ महिला र ३ हजार ८ सय ५६ जना पुरुष रहेका छन् ।
यस्तै, पछिल्लो २४ घण्टामा ५८ जनामा एन्टिजेन परीक्षण गरिएकोमा ९ जनामा संक्रमण देखिएको हो । तानसेन नगरपालिकाका ६, रैनादेवी छहरा गाउँपालिका, ५, रम्भा गाउँपालिका, रिब्दीकोट गाउँपालिकाका १/१ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ । योसँगै जिल्लामा एन्टिजेन परीक्षणबाट संक्रमण हुनेको संख्या ४ हजार ७० पुगेको छ । जहाँ २ हजार १ सय ११ जना महिला र १ हजार ९ सय ५९ जना पुरुष रहेको स्वास्थ्य कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।
यस्तै पछिल्लो २४ घण्टामा १८ जना संक्रमितले कोरोना जितेका छन् । जिल्लाका विभिन्न अस्पतालमा उपचार गराइरहेका र होमआइसोलेसनमा रहेका १८ जना संक्रमित कोरोनामुक्त भएका हुन् । स्वास्थ्य कार्यालयका अनुसार ११ जना महिला र ७ जना पुरुषले कोरोना जितेका हुन् । तानसेनका ८, रिब्दीकोटका ४, माथागढी,बगनासकालीका २/२, रामपुर र रम्भाका १/१ जना संक्रमित कोरोनामुक्त भएका हुन् । योसँगै जिल्लामा कोरोना संक्रमणबाट निको हुनेहरुको संख्या १० हजार ७६ पुगेको छ । जसमा ५ हजार ६ सय ३६ महिला, ४ हजार ४ सय ४० जना पुरुष रहेका छन् । यहाँ अहिलेसम्म २ सय ५१ जना संक्रमितको मृत्यु भइसकेको छ । जसमा ८४ जना महिला र १ सय ६७ जना पुरुष रहेको स्वास्थ्य कार्यालयको तथ्याङ्कमा छ । जिल्लामा अहिलेसम्म १ सय जना सक्रिय संक्रमित रहेका छन् । जस मध्ये ७८ जना होम आइसोलेसनमा रहेका छन् भने २२ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।