जुकाको औषधि खुवाइँदै
पाल्पा, बालबालिकाहरुलाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने भएको छ । सरकारले कात्तिक ७ र ८ गते राष्ट्रिय भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम सञ्चालन गर्ने भएको हो ।
हरेक वर्ष कात्तिक २ र ४ गते खुवाउँदै आइरहेको भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने समय यस वर्ष परिवर्तन भएको हो । दसैंका कारण समय परिवर्तन गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । ७ सय ५३ वटै पालिकामा ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकाहरुलाई भिटामिन ‘ए’ र १ देखि ५ वर्षसम्मका बालबालिकाहरुलाई जुकाको औषधि खुवाइने छ । बालबालिकाहरुलाई भिटामिन ए र जुकाको औषधि खुवाउन जाँदा जनस्वास्थ्यका मापदण्ड अपनाएर खुवाउन आग्रह गरेको छ ।
प्रकाशित मिति: बुधबार, कात्तिक ३, २०७८
प्रतिक्रिया दिनुहोस्