रोहित ज्ञवाली
मनहरुमा अब,
असन्तुष्टिका भावहरु कुट्कुट्दै भरिदैँ छन्
या भनौँ दुःखी मनहरु बढ्दै गइरहे छन्
ती असन्तृष्टि मनहरुका
जत्ति नै जिव्राहरु फड्फडाई रहे पनि
जत्ति नै सालका पातसरी पत्रीकामा खरो उत्रीए पनि
आखिर यहाँ केहि हुने छैनन्
उनीहरु कत्ति सुन्ने छैनन्
मिडिया र फेसबुकमा जत्तिनै तताउँछु भने पनि
गाँउ शहरमा जत्ति नै तताउँछु भने पनि
आखिर यहाँ केहि हुने छैनन् ।
उनीहरु कत्ति सुन्ने छैनन्
किनकी उनीहरु त.......।
लम्पसार परेर घुरिरहेको कुम्भकर्ण जस्तो पो हो
दोवाटोमा घाम ताप्दै तगारो बनेको अजंगको अजिंगार पो हो ।
वर्षौ देखिको उखु खेती छोड्न या
बाढी पीडितहरु घाम–पानी र सर्दिले मरुन् या
कसैलाई के फरक पर्नु पर्छ र ?
कोहि भन्छन् त्यसैले तिमीहरु
जति नै रोईकराई कति नै अपहत्ते नै देखाऊ
मरिहत्ते विन्ती नै गर या एकै चिहान नै किन नहोऊ ¤
यहाँ कोही कसैलाई केहि फरक पर्दैन
आखिर यहाँ केहि हुने छैनन्
उनीहरु कत्ति सुन्ने छैनन्
किनकी उनीहरु त आखिर....
तत्कालीन सत्ताधारीहरुबाट नजिर लिदै आएका त हुन्
गणतन्त्रको खोलओढेर मन परी तन्त्र मच्चाउँदै छन्
आ–आफ्नै लहडमा व्यस्त हुदै बजेट बाँडचुडी गरिरहे छन् ।
यसपालि पनि आपसमा अरब रकम बाँडेर भ्याइयो रे
आफूहरुलाई फेरि पनि राजनीति पीडित घोषित गरियो रे
चाडपर्व–खेतीपाती, संस्कृतिमा जीवन धान्नेहरु पनि छन् यहाँ
उत्पादित फसलले बजार मूल्य नपाई श्रम बेच्न विदेशिने पनि छन् यहाँ
उत्पादित आत्मनिर्भरका वस्तु पन्छाई
कमिशनको चक्करमा बाहिरी आयात बढाइन्छ यहाँ
अझै पनि हरित क्रान्तिको नारा किन घोकिरहन्छ यहाँ ।
अँ अँ हो त यो देशमा सतिको श्राप परेको हो रे
त्यसैले यहाँ गरिव देशका धनी नेता कहा लिन्छन् अरे ।
पद प्रतिष्ठा पाएपछि मत्ता हात्ती हुने
आत्मीय र राष्ट्रियमन मुखमामात्र राख्ने ।
त्यसैले होलाकी
असन्तृष्टि मनहरु रोईरहेका छन् यहाँ
आखिर यहाँ केहि हुने छैनन्
उनीहरु कत्ति सुन्ने छैनन् ।