अधिवक्ता शिवप्रसाद देवकोटा
सिद्धबाबा सडक क्षेत्र, दुर्घटना क्षेत्र ।
वर्षै पिच्छे मानिस मर्नु पर्ने भो विचित्र ।।
साँचो हो कि झुठा हो, सडक बन्छ भन्ने ।
त्रसित नभई हिड्न पाई ज्यान पनि जोगिने ।।
कैयौ नेता कैयौ जन्ता, चीरशान्तिमै गए ।
बाच्ने नेता जिउँदै मरी, अमर रहिरहे ।।
आज–आज भोलि–भोलि, भन्दै दिन काट्ने ।
सडक बन्दै छ है भनी, किन जन्ता ढाट्ने ।।
बाटो मर्मत नगरेसी खाल्टा खुल्टी भए ।
त्यही कारण जाम पर्न जाँदा दुर्घटना नी भए ।।
काम गर्ने हो भनी कन सधैँ बजेट पार्ने ।
स्टमेट बनाई देखाई, बजेट खतम गर्ने ।।
भोट माग्ने बेलामा त विकास गछौ भन्छन् ।
जिति माथि गएपछि, केहि नगरी बस्छन् ।।
जुन–जुन नेता जे बोलेनी भर विश्वास नै छैन ।
सिद्धबाबा नाम जपेपनि, मर्ने आउने होइन ।।
सिद्ध सडक पार गर्न, ज्यान शुरक्षित छैन ।
मर्ने बाच्ने थाहा नभएनी नहिडेर भएन ।।
कोही घाइते कोही अपाङ्ग, कोही त मरि गए ।
उनका परिवारका मानिस वेसहारा निभए ।।
माथिबाट खस्ने पहिरो ढुाकै शिकार ।
नेता राम्रा नहुञ्जेलसम्म हट्दैन विकार ।।
नजिकैका सिद्धबाबा बचाउन सक्दैनन् ।
जान्ने बुझ्ने मै हुँ नेता, भन्नेले बुझ्दैनन् ।।
सत्ता सरकार कस्का लागि, जनतालाई होइन ।
भोट माग्दा गछौँ भन्ने, जिते गर्ने होईन ।।
नविराई सडक हिड्दा, मर्दा पिर छैन ।
समस्यालाई नबुझ्नेलाई भोट दिन हँुदैन ।।
जनता रहे शासन हुन्छ, चुनाव रहे भाषण ।
जितेपछि नगर्नेलाई, चाहिने ठूलो आसन ।।
दिमाग लगाई कामगरी, राम्रो सडक बनाऔं ।
अकालको मृत्युबाट सुरक्षित लौ बनौ ।।
आफु बाँची जनता पनि बचाउन जान्नु ।
नेतृत्व दिने नेताले, जनता आवाज सुन्नु ।।
यि कुरालाई मनन गरी सुरक्षित बनौ ।
एक जुट भै अघि बढौ, विकृतिलाई तोडौं ।।
धन्यवाद ।।