पाल्पा, जिल्लामा पछिल्लो २४ घण्टामा थप ९ जना नयाँँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले शुक्रबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा ९ जनामा संक्रमण पुष्टि भएको हो ।
४१ जनाको पीसीआर परीक्षण गर्दा ९ जनामा संक्रमण देखिएको हो । जसमा ४ जना महिला र ५ जना पुरुषमा संक्रमण देखिएको छ । तानसेन नगरपालिकाका ७ जना र रिब्दीकोट गाउँपालिकाका २ जना रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । योसँगै जिल्लामा पीसीआर विधिबाट परीक्षण गरिएका कोरोना संक्रमितको संख्या ६ हजार ३ सय ७८ पुगेको छ । जसमा २ हजार ५ सय ९ महिला र ३ हजार ८ सय ६९ जना पुरुष रहेका छन् । यस्तै शुक्रबार एन्टिजेन परीक्षण भने गरिएको छैन । अहिलेसम्म जिल्लामा एन्टिजेन परीक्षणबाट संक्रमण हुनेको संख्या ४ हजार ७९ पुगेको छ । जहाँ २ हजार १ सय १६ जना महिला र १ हजार ९ सय ६३ जना पुरुष रहेको स्वास्थ्य कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।
यस्तै पछिल्लो २४ घण्टामा एक जना संक्रमित निको भएका छैन् । अहिलेसम्म कोरोना संक्रमणबाट जम्मा १० हजार ९६ संक्रमित मात्र निको भएका छन् । जसमा ५ हजार ६ सय ४९ महिला, ४ हजार ४ सय ४७ जना पुरुष रहेका छन् । यहाँ अहिलेसम्म २ सय ५२ जना संक्रमितको मृत्यु भइसकेको छ । जसमा ८५ जना महिला र १ सय ६७ जना पुरुष रहेको स्वास्थ्य कार्यालयको तथ्याङ्कमा छ । जिल्लामा अहिलेसम्म १ सय ९ जना सक्रिय संक्रमित रहेका छन् । जस मध्ये ८५ जना होम आइसोलेसनमा रहेका छन् भने २४ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।