पाल्पा, जिल्लामा पछिल्लो २४ घण्टामा थप १३ जना नयाँँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले शनिबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा १३ जनामा संक्रमण पुष्टि भएको हो ।
३२ जनाको पीसीआर परीक्षण गर्दा ९ जनामा संक्रमण देखिएको हो । जसमा ६ जना महिला र ३ जना पुरुषमा संक्रमण देखिएको छ । तानसेन नगरपालिकाका ६ जना, तिनाउ गाउँपालिकाका २ जना र रैनादेवी छहरा गाउँपालिकाका १ जना रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । योसँगै जिल्लामा पीसीआर विधिबाट परीक्षण गरिएका कोरोना संक्रमितको संख्या ६ हजार ३ सय ८७ पुगेको छ । जसमा २ हजार ५ सय १५ महिला र ३ हजार ८ सय ७२ जना पुरुष रहेका छन् ।
यस्तै १५ जनाको एन्टिजेन परीक्षण गरिएकोमा ४ जनामा संक्रमण देखिएको छ । तानसेन नगरपालिकाका ३ र रिब्दीकोट गाउँपालिकाका १ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालयको तथ्याड्ढमा उल्लेख छ । योसँगै जिल्लामा एन्टिजेन परीक्षणबाट संक्रमण हुनेको संख्या ४ हजार ८३ पुगेको छ । जहाँ २ हजार १ सय १८ जना महिला र १ हजार ९ सय ६५ जना पुरुष रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा ६ जना संक्रमित निको भएका छन् । जसमा तानसेनका २, माथागढी, रामपुर, रैनादेवी छहरा र रिब्दीकोटका १/१ जना संक्रमित निको भएका हुन् । योसँगै कोरोना संक्रमणबाट निको हुनेको संख्या १० हजार १ सय २ रहेको छ । जसमा ५ हजार ६ सय ५२ महिला, ४ हजार ४ सय ५० जना पुरुष रहेका छन् । यहाँ अहिलेसम्म २ सय ५२ जना संक्रमितको मृत्यु भइसकेको छ । जसमा ८५ जना महिला र १ सय ६७ जना पुरुष रहेको स्वास्थ्य कार्यालयको तथ्याङ्कमा छ । जिल्लामा अहिलेसम्म १ सय १६ जना सक्रिय संक्रमित रहेका छन् । जस मध्ये ९२ जना होम आइसोलेसनमा रहेका छन् भने २४ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।