Shittalpati
मुक्तक

मन बहादुर खत्री
इस्मा–२, मैनडाँडा, गुल्मी


शिक्षक साथी पढाउँछौ दिलो ज्यान दिएर नै
लामो बाटो उकालो छ आउँछौ पानी पियर नै
गिन्ती छैन योग्यताको सुनामी त कति कति
धर्ती सरी हाँसी –हाँसी बस्छौ मुख सिएर नै

उज्यालो नै भाको छैन स्कूल पुग्ने हतारो छ
कस्ले कसो गरी सिक्छ त्यसको मात्र चटारो छ
विद्यालयमा हेडमास्टर त घर पत्नी कच्कचाउँछिन्
रातमा पनि राइँराइँ फोन अभिभावकको झटारो छ

विद्यार्थीले भन्छ फेरी फिक्स क्वेसन पढौं न सर
खेलकुद अनि मनोरञ्जन आदिमा नै गढौं न सर
नमाने त आँफै उल्लु बालमैत्रीको चर्चै चर्चा
कठै कस्ले भन्ला अब सुधार तर्फ बढौं न सर

प्रकाशित मिति: शनिबार, फागुन २४, २०७६
प्रतिक्रिया दिनुहोस्
Weather Update