Shittalpati
पाल्पामा थप ८ संक्रमित निको भए

पाल्पा, जिल्लामा पछिल्लो २४ घण्टामा थप ८ जना कोरोना संक्रमित निको भएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले आइतबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा जिल्लाका विभिन्न अस्पतालमा उपचार गराइरहेका र होमआइसोलेसनमा रहेका ८ जना संक्रमित कोरोनामुक्त भएका हुन् । स्वास्थ्य कार्यालयका अनुसार तानसेन नगरपालिकाका ६, रिब्दीकोट गाउँपालिका र बगनासकाली गाउँपालिकाका १/१ जना संक्रमित निको भएका छन् । जसमा ४ जना महिला र ४ जना पुरुष रहेका छन् । योसँगै कोरोना संक्रमणबाट निको हुनेको संख्या १० हजार १ सय ९ रहेको छ । जसमा ५ हजार ६ सय ५६ महिला, ४ हजार ४ सय ५३ जना पुरुष रहेका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा १ जना कोरोना संक्रमित थपिएका छन् । २४ जनाको पिसिआर परीक्षण गरिएकोमा तानसेनका १ जना पुरुषमा संक्रमण देखिएको हो । योसँगै योसँगै जिल्लामा पीसीआर विधिबाट परीक्षण गरिएका कोरोना संक्रमितको संख्या ६ हजार ३ सय ८८ पुगेको छ । जसमा २ हजार ५ सय १५ महिला र ३ हजार ८ सय ७३ जना पुरुष रहेका छन् ।

यस्तै आइतबार एन्टिजेन परीक्षण गरिएको छैन । अहिलेसम्म जिल्लामा एन्टिजेन परीक्षणबाट संक्रमण हुनेको संख्या ४ हजार ८३ पुगेको छ । जहाँ २ हजार १ सय १८ जना महिला र १ हजार ९ सय ६५ जना पुरुष रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । यहाँ अहिलेसम्म २ सय ५३ जना संक्रमितको मृत्यु भइसकेको छ । जसमा ८५ जना महिला र १ सय ६८ जना पुरुष रहेको स्वास्थ्य कार्यालयको तथ्याङ्कमा छ । जिल्लामा अहिलेसम्म १ सय ९ जना सक्रिय संक्रमित रहेका छन् । जस मध्ये ८४ जना होम आइसोलेसनमा रहेका छन् भने २५ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति: आइतबार, कात्तिक ७, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update