पाल्पा, जिल्लामा पछिल्लो २४ घण्टामा थप १६ जना नयाँँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले सोमबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा १६ जनामा संक्रमण पुष्टि भएको हो ।
१० जनाको पीसीआर परीक्षण गर्दा ३ जनामा संक्रमण देखिएको हो । जसमा तानसेन नगरपालिकाका २ र बगनासकाली गाउँपालिकाका १ जनामा संक्रमण देखिएको छ । योसँगै जिल्लामा पीसीआर विधिबाट परीक्षण गरिएका कोरोना संक्रमितको संख्या ६ हजार ३ सय ९१ पुगेको छ । जसमा २ हजार ५ सय १६ महिला र ३ हजार ८ सय ७५ जना पुरुष रहेका छन् ।
यस्तै, पछिल्लो २४ घण्टामा १ सय ४० जनामा एन्टिजेन परीक्षण गरिएकोमा १३ जनामा संक्रमण देखिएको हो । तानसेन नगरपालिकाका ११, पूर्वखोला गाउँपालिका र रिब्दीकोट गाउँपालिकाका १/१ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ । योसँगै जिल्लामा एन्टिजेन परीक्षणबाट संक्रमण हुनेको संख्या ४ हजार ९६ पुगेको छ । जहाँ २ हजार १ सय २५ जना महिला र १ हजार ९ सय ७१ जना पुरुष रहेको स्वास्थ्य कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।
यस्तै पछिल्लो २४ घण्टामा १ जना संक्रमितले कोरोना जितेका छन् । तिनाउ गाउँपालिकाका १ जना महिला संक्रमित कोरोनामुक्त भएकी हुन् । स्वास्थ्य कार्यालयका अनुसार योसँगै जिल्लामा कोरोना संक्रमणबाट निको हुनेहरुको संख्या १० हजार १ सय १० पुगेको छ । जसमा ५ हजार ६ सय ५७ महिला, ४ हजार ४ सय ५३ जना पुरुष रहेका छन् । यहाँ अहिलेसम्म २ सय ५३ जना संक्रमितको मृत्यु भइसकेको छ । जसमा ८५ जना महिला र १ सय ६८ जना पुरुष रहेको स्वास्थ्य कार्यालयको तथ्याङ्कमा छ । जिल्लामा अहिलेसम्म १ सय २४ जना सक्रिय संक्रमित रहेका छन् । जस मध्ये ९९ जना होम आइसोलेसनमा रहेका छन् भने २५ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।