पाल्पा, जिल्लामा पछिल्लो २४ घण्टामा थप ८ जना नयाँँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले बुधबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा ८ जनामा संक्रमण पुष्टि भएको हो ।
१५ जनाको पीसीआर परीक्षण गर्दा २ जनामा संक्रमण देखिएको हो । जसमा तानसेन नगरपालिकाका २ पुरुष रहेका छन् । योसँगै जिल्लामा पीसीआर विधिबाट परीक्षण गरिएका कोरोना संक्रमितको संख्या ६ हजार ४ सय ४ पुगेको छ । जसमा २ हजार ५ सय २१ महिला र ३ हजार ८ सय ८३ जना पुरुष रहेका छन् । यस्तै, पछिल्लो २४ घण्टामा ४० जनामा एन्टिजेन परीक्षण गरिएकोमा ६ जनामा संक्रमण देखिएको हो । तानसेन नगरपालिकाका ४, पूर्वखोला गाउँपालिका र रैनादेवी छहरा गाउँपालिकाका १/१ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ । योसँगै जिल्लामा एन्टिजेन परीक्षणबाट संक्रमण हुनेको संख्या ४ हजार १ सय ६ पुगेको छ । जहाँ २ हजार १ सय ३२ जना महिला र १ हजार ९ सय ७४ जना पुरुष रहेको स्वास्थ्य कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।
यस्तै पछिल्लो २४ घण्टामा ५ जना संक्रमितले कोरोना जितेका छन् । तानसेन, बगनासका २/२ र तिनाउका १ जना संक्रमित कोरोनामुक्त भएका हुन् । स्वास्थ्य कार्यालयका अनुसार योसँगै जिल्लामा कोरोना संक्रमणबाट निको हुनेहरुको संख्या १० हजार १ सय ३० पुगेको छ । जसमा ५ हजार ६ सय ६७ महिला, ४ हजार ४ सय ६३ जना पुरुष रहेका छन् । यहाँ अहिलेसम्म २ सय ५४ जना संक्रमितको मृत्यु भइसकेको छ । जसमा ८६ जना महिला र १ सय ६८ जना पुरुष रहेको स्वास्थ्य कार्यालयको तथ्याङ्कमा छ । जिल्लामा अहिलेसम्म १ सय २६ जना सक्रिय संक्रमित रहेका छन् । जस मध्ये १ सय १७ जना होम आइसोलेसनमा रहेका छन् भने ९ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।