ह्राम्रा संवाददाता
गुल्मी,
नेपाली काँग्रेसका केन्द्रीय सदस्य युवा नेता चन्द्र भण्डारीले, अब नेपाली काँग्रेसलाई सबै तहमा जनताको असल अभिभावकका रुपमा अगाडी बढाउँने खालको नेतृत्व आवश्यक भएको औल्याएका छन् । काँग्रेस नेता भण्डारीले गृहजिल्ला गुल्मीदरवार गाउँपालिकामा शनिबार आयोजित एक कार्यक्रममा बोल्दै, पार्टीले २१ औं सताब्दीका युवाहरुको नेतृत्व गर्ने र पाका पुस्ताको सम्मानमा कमी आउँन नदिने खालको नेतृत्व खोजेको कुरामा जोड दिए । उनले भने, काँग्रेस वास्तवमै जनताको पार्टी हो भन्ने कुरामा मन्न गर्ने लायक बनाउँने बेला अहिले हो ।
नव निर्वाचित स्थानीयतहका पदाधिकारीलाई शुभकामना तथा चियापान कार्यक्रममा बोल्दै, नेता भण्डारीले नेपाली काँग्रेसको पहलमा आएका सबै सयांै बिकासका योजनाहरु एमालेले कटौटी गरेर गुल्मेली जनताको उपहास गरेको पनि आरोप लगाए । गुल्मी जिल्लाका विकासका विषयमा बोल्दै नेता भण्डारीले भने, हामीले पारेका पुल, सडक र खानेपानीका योजनाहरु सबै एमालेको सरकार हुँदा काटिएकोमा मलाई दुःख लागेको छ, नेता भण्डारीले शनिबार नेपाली काँग्रेस गुल्मीदरवार गाउँकार्यसमितिको पार्टी कार्यालयको उद्घाटन गर्दै, संगठनलाई आधुनिकीकरण र दस्तावे युक्त बनाउँन पार्टीका हरेकतहका आफ्नै कार्यालयहरु स्थापना हुनैपर्ने बताए । नेका गाउँ समितिका सभापति प्रेम पुनको सभापतित्वमा भएको कार्यक्रमका विशिष्ट अतिथि नेपाली काँग्रेस गुल्मीका सभापति भूवनप्रसाद श्रेष्ठले, गुल्मीको विकासका लागि सबै तहमा नेपाली काँग्रेसले जित्नुपर्छ अनि मात्र दीगो बिकास हुन्छ भने । नेपाली काँग्रेस गुल्मीका उपसभापति विष्णु वलालले, कम्युनिष्ठहरुले जनताको मर्म र भावना बुझ्न नसकेको आरोप लगाए । नेकाँ गुल्मीका सचिव खिलध्वज पन्थीले, गाउँको विकास नहुँदासम्म जनताले बिकास भएको अनुभूति गर्न नसक्ने बताए ।
क्षेत्र १ का क्षेत्रीय सभापति पारिश्वर ढकालले, पार्टी संगठनलाई मजवूत बनाएर लग्नका लागि पार्टीका सबै निकायहरुको समन्वयात्मक कार्यक्रम अगाडी आउँनुपर्ने बताए । नेका क्षेत्र २ का सभापति भगत खड्काले, पार्टीलाई जिवन्त बनाएर लग्नु नै आजको आवश्यकता भएको धारणा व्यक्त गरे । नेपाली काँग्रेस गुल्मीका सहसचिव गोपाल पाण्डेले, पार्टी संगठनलाई सुदृढ बनाउँन प्रशिक्षणको आवश्यकता भएको धारणा व्यक्त गरे । कार्यक्रममा महासमिति सदस्य द्रोण खत्री,महाधिवेशन प्रतिनिधी श्री भलानी, तरुण नेता भरत भलामी, प्रदेश ख का सभापति हरि अर्याल, महिला नेतृहरु राधिका न्यौपाने, उर्मिला आचार्य नेपाली लगायतले आ आफ्नो धारणा राखेका थिए ।