गुल्मी, नेपाली काँग्रेस रेसुङ्गा नगर समितिले पार्टीलाई संस्थागत विधिबाट अगाडी बढाउन जुन सुकै सिफारिस गर्दा समितिको संस्थागत निर्णयद्वारा गर्ने भएको छ । शनिबार जिल्लास्थित पार्टी कार्यालय बी.पी स्मृति भवन तम्घासमा भएको प्रथम बैठकले नेतृत्व लाभको पद, विकास निर्माण लगायतका जुन सुकै सिफारिस गर्दा समितिको संस्थागत निर्णयद्वारा गर्ने निणर्य गरिएको नगर सभापति जयश्वर पन्थीले जानकारी दिए । उनका अनुसार बैठकले वडा कार्य समितिहरुको चुस्तदुरुस्त कार्य सम्पादनका लागि बढिमा एक महिना भित्र कार्यालय नभएका वडा कार्य समितिले कार्यालय स्थापना गर्ने, हरेक वडामा प्रत्येक तीन/तीन महिनामा नेपाली काँग्रेसका क्रियाशील एवं साधारण सदस्य तथा क्षेत्रीय प्रतिनिधीहरुको भेला आयोजना गरी सामूिहक अन्तरक्रियाद्वारा निस्केको निष्कर्ष सहितको प्रतिवेदन माथिल्लो तहमा पेश गर्ने व्यवस्था मिलाउने निर्णय भएको छ ।
आ–आफ्नो वडामा निर्वाचित जनप्रतिनिधीहरुबाट भए गरेका विकास निर्माण लगाएतका कार्यहरु जनअपेक्षा अनुरुप भएन भएको यथार्थ विवरण तयार गरी दुई महिना भित्र नगर कार्य समितिमा पेश गर्ने निर्णय गरिएको छ । स्थानीय निकायको पार्टीको हरेक तहको कार्य सम्पादन मुल्याड्ढन गर्न अनुगमन समिति गठन गरी सो समितिबाट प्राप्त कार्य सम्पादन मुल्याड्ढन माथिल्लो तहमा पेश गर्ने निर्णय गरिएको पनि सभापति पन्थीले जानकारी दिए ।
सहकारीको माध्यामबाट नेपाली कांग्रेसको सङ्गठन सुदृढीकरण र विस्तारमा महत्वपुर्ण योग्दान पुर्याउन सकिने हुँदा सहकारीलाई सबै वडाहरुमा विस्तार गर्नको लागि छलफल अगाडि बढाउने निर्णय गरिएको उनले जानकारी दिए । बैठकले नगर कार्य सम्पादन समितिको गठन गरेको छ । सभापति जयश्वर पन्थी, उपसभापति गगन के.सी, सावित्रा भण्डारी, सचिव प्रकाश बुढाथोकी, गुणाखर पाण्डे, कोषाध्यक्ष खुम बहादुर खत्री, सहसचिव खिम बहादुर रजाली, सावित्रा श्रेष्ठ, सदस्यहरु बसन्ता पन्थी, हरि प्रसाद शर्मा खनाल, चेतनारायण पन्थी, झग बहादुर थापा श्रीस, सागर सुनार, हेमु पाण्डे उदासी, थम्मन बहादुर खत्री, भुभी राना टण्डन र कृष्ण प्रसाद पोख्रेल रहेका छन् । त्यस्तै बैठकले दुर्गा बहादुर थापा, सन्तोष टण्डन, ज्ञान बहादुर बस्नेत, गोपाल परियार दर्जी, धु्रव प्रसाद पोख्रेल, ऋषिराम पाण्डे, प्रेमलाल भट्टराई, कृष्णप्रसाद पोख्रेललाई नगर कार्य समिति सदस्यमा मनोनीत गरेको छ ।
वडाबाट प्रतिनिधित्व गर्ने नगर कार्यसमितिका सदस्यहरुले समेत आफ्नो वडाका टोल कार्यसमिति र वडा कार्यसमितिसंग समन्वय गरी पार्टी गतिवधिलाई प्रभावकारी रुपमा अगाडी बढाउने, वडा भित्रका राजनीतिक, सामाजिक , सांस्कृतिक र आर्थिक गतिविधी बारे जानकारी राख्ने निणर्य गरिएको छ । टोल तथा वडाका नागरिकसंग सुख, दुःखमा सहभागी भई निरन्तर सम्पर्क, संवाद र सहयोग गर्ने/गराउने र सोको लिखित प्रतिवेदन सामुहिक रुपमा नगर कार्यसमितिको बैठकमा पेश गर्ने निर्णय गरेको छ । नगर कार्य समितिको प्रवक्तामा गुणाखर पाण्डेलाई तोक्ने लगायतका २५ बुँदे निर्णय गरिएको सभापति पन्थीले जानकारी दिए ।