पाल्पा, पछिल्लो २४ घण्टामा नेपालमा ३ सय १७ जना कोरोना संक्रमित थपिएका छन् । १२ हजार ६ सय ५३ नमूना परीक्षणमा ३ सय १७ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा ९ हजार ६ सय ९ नमूनाको पीसीआर र ३ हजार ४४ नमूनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको थियो । जसमध्ये पीसीआर विधिबाट ३ सय १ र एन्टिजेन विधिबाट १६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ८ लाख १६ हजार ६० पुगेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट थप ६ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ४ सय ६६ पुगेको छ । यस्तै बिहीबार थप ४ हजार ५ सय १६ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । मन्त्रालयका अनुसार थप २ सय ७९ जना कोरोनामुक्त भएका छन् । कोरोनाका सक्रिय संक्रमितको संख्या ७ हजार ५ सय ३५ पुगेको छ । जस मध्ये क्वारेन्टाइनमा ९८ जना रहेका छन् भने आइसोलेसनमा रहनेको संख्या ७ हजार ४सय ३७ रहेको छ ।