पाल्पा, जिल्लाको सामाजिक क्षेत्रमा क्रियाशिल रहेका लायन्स र लियो क्लवले मधुमेह दिवस मनाएका छन् । आइतबार लायन्स क्लब पाल्पा र लियो क्लव अफ पाल्पाले विभिन्न कार्यक्रमहरुको आयोजना गरी मधुमेह दिवस मनाएका हुन् ।
क्लवहरुले दिवसको अवसरमा युनाईटेड मिसन अस्पतालको प्राविधिक सहयोगमा मधुमेह सचेतना तथा निः शुल्क स्वास्थ्य परीक्षण कार्यक्रम गरेका छन् । लायन्स क्लवका द्धितिय उपाध्यक्ष तथा ला. कमला शर्माको अध्यक्षता, क्लवका पूर्व अध्यक्ष एंव लियो क्लवका वरिष्ठ सल्लाहकार सुशिल प्रधानको प्रमुख आतिथ्यतामा कार्यक्रम शुभारम्भ गरिएको थियो । बालमन्दिर अगाडि रहेको क्लवको सचिवालय परिसरमा सचेतनासँगै मधुमेह र ब्लड प्रेसर परीक्षण गरिएको थियो । कार्यक्रममा युनाइटेड मिसन अस्पतालका प्राविधिक दिपक कुमार विसीले मधुमेह रोगको जानकारी तथा रोगबाट जोगिने उपायबारे जानकारी दिएका थिए । अस्पतालका अन्य प्राविधिहरुले मधुमेह र ब्लड प्रेसर परीक्षण गरेको क्लवका सचिव कमल ज्ञवालीले बताए । उनका अनुसार २ सय ४८ जनाले मधुमेह परीक्षण गराएका छन् ।
कार्यक्रममा डिष्ट्रिक रिजन चियर पर्सन शकुन्तला बज्राचार्य, क्लवका सल्लाहकारहरु बुद्धिप्रसाद शर्मा, केदारलाल श्रेष्ठ, त्रिलोचन पौड्याल, कमला पौड्याल, शारदा नेपाल, राजेश्वर उदय, सुरेन्द्र पौड्याल क्लवका द्धितिय निर्देशक उत्तम कुमार बज्राचार्य, क्लवका एससिआइएफ तुम्ला बज्राचार्य लगायतको सहभागिता रहेको थियो । कार्यक्रम संयोजक समिरमान सिंहको धन्यवाद र कोषाध्यक्ष अजयबहादुर श्रेष्ठको सञ्चालनमा कार्यक्रम भएको थियो । दिवसको यस वर्षको नार ‘एक्सेस टु डायबेटिज केयर’ रहेको छ । अर्थात्, मधुमेह उपचारमा पहुँच ।