Shittalpati
पाल्पामा ५ नयाँ संक्रमित थपिए, चार निको

पाल्पा, जिल्लामा पछिल्लो २४ घण्टामा थप ५ जना नयाँँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले सोमबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा ५ जनामा संक्रमण पुष्टि भएको हो । १९ जनाको पीसीआर परीक्षण गर्दा १ जनामा संक्रमण देखिएको हो । जसमा रम्भा गाउँपालिकाका १ जना महिला रहेकी छन् । योसँगै जिल्लामा पीसीआर विधिबाट परीक्षण गरिएका कोरोना संक्रमितको संख्या ६ हजार ४ सय ६६ पुगेको छ । जसमा २ हजार ५ सय ५३ महिला र ३ हजार ९ सय १३ जना पुरुष रहेका छन् ।

यस्तै, पछिल्लो २४ घण्टामा एन्टिजेन परीक्षणमा ४ जनामा संक्रमण देखिएको छ । ७६ जनामा परीक्षण गरिएकोमा ४ जनामा संक्रमण देखिएको हो । तानसेन नगरपालिका र बगनासकाली गाउँपालिकाका २/२ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ । योसँगै जिल्लामा एन्टिजेन परीक्षणबाट संक्रमण हुनेको संख्या ४ हजार १ सय ५३ पुगेको छ । जहाँ २ हजार १ सय ५७ जना महिला र १ हजार ९ सय ९६ जना पुरुष रहेको स्वास्थ्य कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

यस्तै पछिल्लो २४ घण्टामा ४ जना संक्रमितले कोरोना जितेका छन् । तानसेन,बगनासकालीका १/१ जना र रैनादेवी छहराका २ जना संक्रमित कोरोनामुक्त भएका हुन् । स्वास्थ्य कार्यालयका अनुसार योसँगै जिल्लामा कोरोना संक्रमणबाट निको हुनेहरुको संख्या १० हजार २ सय ९७ पुगेको छ । जसमा ५ हजार ७ सय ५० महिला, ४ हजार ५ सय ४७ जना पुरुष रहेका छन् । यहाँ अहिलेसम्म २ सय ६३ जना संक्रमितको मृत्यु भइसकेको छ । जसमा ८८ जना महिला र १ सय ७५ जना पुरुष रहेको स्वास्थ्य कार्यालयको तथ्याङ्कमा छ । जिल्लामा अहिलेसम्म ५९ जना सक्रिय संक्रमित रहेका छन् । जस मध्ये ५६ जना होम आइसोलेसनमा रहेका छन् भने ३ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति: सोमबार, कात्तिक २९, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update