Shittalpati
पाल्पामा कृषि प्रमुख तथा प्राविधिकहरुसँग छलफल

कृष्ण पोखरेल

पाल्पा, कृषि उत्पादन वृद्धि र बजार व्यवस्थापनलाई केन्द्रविन्दु बनाएर प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना कार्यान्वयन इकाई पाल्पाले जिल्लाका १० वटै स्थानीयतहका कृषि शाखा प्रमुख तथा प्राविधिकहरुसँग छलफल गरेको छ । परियोजनाले जिल्लामा परम्परागत रुपमा कृषि खेती गर्दै आएका कृषकहरुलाई व्यवसायिक बनाउदै आय आर्जनमा वृद्धि गर्ने, प्रशस्त मात्र उत्पादन बढाई बाहिरी जिल्लामा निर्यात गर्ने उद्देश्यका साथ स्थानीयतहका कृषि प्रमुख र प्राविधिकहरुसँग छलफल गरेको हो ।

परियोजनाले स्थानीयततहमा लागु गरेको पकेट तथा व्लक कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न, उत्पादकत्व वृद्धि गर्न, कृषकलाई व्यवसायिक बनाउन पाल्पाका १० वटै स्थानीयतहका कृषि प्रमुख तथा प्राविधिकहरुसँग राय सुझाव लिएको छ । परियोजना कार्यालयमा चालु आर्थिक बर्षका लागि पकेट तथा व्लक कार्यक्रमको लागि करीव १० करोड रुपैयाँको कार्यक्रम स्वीकृत भई आएको र कार्यक्रमहरु कार्यान्वयनको लागि प्रस्ताव खोलिएको परियोजना प्रमुख दीपक भट्टराईले बताए । अहिले उपभोक्ता समितिहरुबाट प्रस्ताव आईरहेको छ । गत बर्ष १० वटा व्लक कार्यक्रम अन्तर्गत यस बर्ष ८ वटा व्लकले निरन्तरता पाएको र चालु आर्थिक बर्षमा ४ वटा नयाँ व्लक कार्यक्रम आएको कार्यालय प्रमुख भट्टराईले बताए ।

यस बर्ष मसला, आलु, खाद्यान्न र तरकारी गरी ४ वटा नयाँ व्लक कार्यक्रम परियोजना कार्यालयबाट सञ्चालन हुने छन् । अन्तक्र्रिया कार्यक्रममा पालिकाका कृषि प्रमुख तथा प्राविधिकहरुसँग परियोजनाका कार्यक्रम उद्देश्य, कार्यान्वयनमा आएका चुनौती र समाधानका उपायहरुको विषयमा छलफल केन्द्रित भएको कार्यालय प्रमुख भट्टराईले बताए । गत आर्थिक बर्ष मात्र ६ वटा व्लक कार्यक्रमबाट खुर्सानी, कुरिलो र तरकारी खेती गरी १ सय ५० परिवारले करीव १० करोड उत्पादन विक्रि गरेका छन् । चक्लाबन्दी खेती अभियानले कृषक र कृषि उत्पादनमा व्यबसायिकता बढाएको छ भने बाँझो जमिनमा खेतिपाती बढेको छ ।

प्रकाशित मिति: बुधबार, मंसिर १, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update