गुल्मी, कोरोना महामारीमा खटिने स्वास्थ्यकर्मी र कर्मचारी सम्मानित भएका छन् । जिल्लाको रेसुङ्गा नगर सरकारले महामारीमा खटिनेहरुलाई सम्मान गरेको हो । नगर सरकारले स्वास्थ्यकर्मी र कर्मचारी गरी ४८ जनालाई सम्मान गरेको छ । सम्मानित व्यक्तिहरुलाई नगरप्रमुख डिल्लीराज भूषालले एक कार्यक्रमका बिच सम्मान गरेका छन् ।
सम्मान गर्दै नगर प्रमुख भूषालले कोरोना महामारीमा जोखिम मोलेर काम गर्ने कर्मचारी तथा स्वास्थ्यकर्मीहरुको योगदान महत्वपूर्ण रहेको भन्दै उनीहरुलाई धन्यवाद दिए । उनले कोरोना महामारीमा दुःख गरेका कारणले अरु केहि गर्न नसकेपनि सम्मान भएपनि गरिएको भूषालको भनाई थियो । नगर प्रमुख भूषालले स्वास्थ्य क्षेत्रमा खटिने कर्मचारीको सेवा, सुविधा लगायतका विषयमा नगर सरकारले विशेष ध्यान दिने बताए । उनले कर्मचारीलाई कुनै भेदभव नराखी जनप्रतिनिधी र कर्मचारी बिच सुमधुर सम्बन्धका साथ काम गरेकाले कोरोना महामारीमा राम्रोसँग काम गर्न सफल भएको बताए । कोरोना महामारीमा पदीय मर्यादा जिम्मेवारी सफलताका साथ पूरा गरेकाले नगरपालिकाले सम्मान गरेको प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले बताए । जनप्रतिनिधि, कर्मचारी राजनीतिक दल सबै पक्षको सहयोगमा कोरोना महामारीलाई नियन्त्रणमा ल्याउन सफल भएको मरासिनीले बताए । कोरोना महामारीमा खटिने कर्मचारीको तलव वृद्धि र प्रोत्साहन भत्ता पनि दिएको मरासिनीले बताए ।
नगरभित्रका १४ वटै वडामा आधारभूत स्वास्थ्य केन्द्र स्थापना गरेको प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले बताए । नगरपालिका भित्र स्वास्थ्य संस्थामा आवश्यक दरवन्दी पूर्ति गरेको मरासिनीको भनाई छ । नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख बोम अर्यालले कोभिडको महामारीका बिचमा स्वास्थ्य सेवामा दिनरात खटिने स्वास्थ्यकर्मी लगायत कर्मचारीहरुलाई धन्यवाद दिए । उनले आज यसरी सामुहिक प्रयासबाट कोरोना संक्रमणदर घटाउन सफल भएको अर्यालले बताए । रेसुा नगरपालिका भित्र हालसम्म ९ सय ९३ जना कोरोना संक्रमित रहेका छन् भने ११ हजारले कोरोना बिरुद्धको पहिलो चरणको खोप लगाएका छन् । कोरोना बिरुद्धको दोस्रो चरणको खोप १० हजार बढिले लगाउन सफल भएको अर्यालले बताए । नगर क्षेत्र भित्र कुल जनसंख्याको आधारमा ६१ प्रतिशतले कोरोना विरुद्धको खोप लगाएको नगरपालिकाको स्वस्थ्य शाखाले जनाएको छ ।