भुवन रायमाझी
पाल्पा(छहरा), वित्तीय साक्षरता तालिम जिल्लाको रैनादेवी छहरा ४ मा भएको छ । नेपाल सरकारबाट घ वर्गको मान्यता प्राप्त त्रिलोक लघुवित्तले आफ्ना समुहका प्रमुखहरुलाई एक दिने वित्तीय साक्षरता सम्बन्धी तालिम प्रदान गरेको हो । तालिममा समूह मार्फत प्रदान गरिएका कर्जाहरु उद्देश्य अनुसार भए नभएको, महिला सशक्तिकरण, गरिबी निवारण, कर्जाको सही सदुपयोग र वित्तीय साक्षरता भनेको के हो जस्ता विषयमा संस्थाका केन्द्रीय सहजकर्ता विकास आर्चायले प्रशिक्षण दिएका थिए ।
प्रशिक्षण दिर्दै प्रशिक्षक आर्चायले ग्रामीण भेगमा रहेका गरिव विपन्न वर्ग पीछडिएका वर्गसँगै आर्थिक रुपमा विपन्न भएका जनताहरुलाई सानो–सानो कर्जामार्फत आयमूलक गतिविधिमा लाग्न आग्रह गरे । संस्थाले पनि विपन्न वर्गहरुको लागि व्यावसायिक कृषि, पशुपालन, व्यापार व्यवसायबाट जीवनस्तर माथि उठाउने कार्यक्रमहरु सञ्चालन गरेकाले भरपुर उपयोग गर्न सदस्हरुलाई आग्रह गरे ।
तालिम उद्घाटन कार्यक्रममा नेपाल बैंक छहरा शाखाका प्रमुख प्रकाश रानाले लघुवित्तले दिएको कर्जा सही ठाउँमा प्रयोग गरेर व्यावसायिक बन्नुपर्नेमा जोड दिए । लघुवित्तले छहरामा शाखा विस्तार गरी छिमेकी गाउँपालिका र छिमेकी जिल्लासम्म पुगेर ८२ समूहमार्फत १२ सय बढी सदस्यलाई कर्जा उपलब्ध गराएको संस्थाका छहरा शाखा प्रमुख विरेन्द्र सापकोटाले जानकारी दिए । तालिममा ८२ जना समूहका प्रमुखहरुलाई तालिम प्रदान गरिएको थियो । कार्यक्रममा विभिन्न शाखा प्रमुख, संघ सस्थाका प्रतिनिधिहरुको समेत उपस्थित रहेको थियो । पछिल्लो समयमा ग्रामीण भेगका जनताहरुलाई बिना धितो समुहको जमानीमा कर्जा वितरण गरेर स्थानीय महिलाहरुको जीवनस्तर परिर्वतन गर्नमा लघुवित्तले महत्वपूर्ण भूमिका खेल्दै आएको छ ।