पाल्पा, जिल्लामा पछिल्लो २४ घण्टामा थप ८ जना नयाँँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले शुक्रबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा ८ जनामा संक्रमण पुष्टि भएको हो । १६ जनाको पीसीआर परीक्षण गर्दा १ जनामा संक्रमण देखिएको हो । जसमा तानसेन नगरपालिकाका १ जना पुरुष रहेका छन् । योसँगै जिल्लामा पीसीआर विधिबाट परीक्षण गरिएका कोरोना संक्रमितको संख्या ६ हजार ४ सय ७५ पुगेको छ । जसमा २ हजार ५ सय ५६ महिला र ३ हजार ९ सय १९ जना पुरुष रहेका छन् ।
यस्तै, पछिल्लो २४ घण्टामा एन्टिजेन परीक्षणमा ७ जनामा संक्रमण देखिएको छ । ८२ जनामा परीक्षण गरिएकोमा ७ जनामा संक्रमण देखिएको हो । तानसेन नगरपालिकाका ५, माथागढी गाउँपालिका र पूर्वखोला गाउँपालिकाका १/१ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ । योसँगै जिल्लामा एन्टिजेन परीक्षणबाट संक्रमण हुनेको संख्या ४ हजार १ सय ६२ पुगेको छ । जहाँ २ हजार १ सय ६१ जना महिला र २ हजार १ जना पुरुष रहेको स्वास्थ्य कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।
यस्तै पछिल्लो २४ घण्टामा ३ जना संक्रमितले कोरोना जितेका छन् । तानसेन नगरपालिकाका ३ पुरुष संक्रमित कोरोनामुक्त भएका हुन् । स्वास्थ्य कार्यालयका अनुसार योसँगै जिल्लामा कोरोना संक्रमणबाट निको हुनेहरुको संख्या १० हजार ३ सय ९ पुगेको छ । जसमा ५ हजार ७ सय ५६ महिला, ४ हजार ५ सय ५३ जना पुरुष रहेका छन् । यहाँ अहिलेसम्म २ सय ६४ जना संक्रमितको मृत्यु भइसकेको छ । जसमा ८९ जना महिला र १ सय ७५ जना पुरुष रहेको स्वास्थ्य कार्यालयको तथ्याङ्कमा छ । जिल्लामा अहिलेसम्म ६४ जना सक्रिय संक्रमित रहेका छन् । जस मध्ये ५८ जना होम आइसोलेसनमा रहेका छन् भने ६ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।