Shittalpati
माओवादीको वडा सम्मेलन : पाल्पाका ४४ वडामा नयाँ नेतृत्व

पाल्पा, नेकपा (माओवादी केन्द्र) पाल्पाले जिल्लाका ४४ वडामा सम्मेलनमार्फत् नयाँ नेतृत्व चयन गरेको छ । शनिबार देशभर एकसाथ वडा सम्मेलन गरेको माओवादी केन्द्रले पाल्पाका दश स्थानीय तहका ४४ वटा वडामा नयाँ नेतृत्व चयन गरेको हो ।

तानसेन नगरपालिका वडा १ को अध्यक्षमा ठाकुरध्वज कार्की, वडा २ को अध्यक्षमा मधुकर श्रेष्ठ, वडा ३ को अध्यक्षमा लाल मने पुन, वडा ४ को अध्यक्षमा कृष्ण प्रसाद पाण्डे, वडा ५ को अध्यक्षमा तुलबहादुर रावल, वडा ७ को अध्यक्षमा रामबहादुर गन्धर्व, वडा १४ को अध्यक्षमा लक्ष्मण भट्टराई चयन भएका छन् । सबै वडामा २९ सदस्यीय कमिटी चयन गरिएको छ । त्यसैगरी रामपुर नगरपालिका वडा २ को अध्यक्षमा हाकिमबहादुर थापा, वडा ७ को अध्यक्षमा रमेश सुनार, वडा ८ को अध्यक्षमा अमृत बिक रहेका छन् । रम्भा गाउँपालिका हुँगीको अध्यक्षमा हेमराज अर्याल, ताँहुको अध्यक्षमा मनबहादुर हिताङ्ग, हुमिनमा धनबहादुर सिंजापती, माथागढी गाउँपालिकाको रहवासको अध्यक्षमा भिम लुङ्गेली चयन भएको माओवादी केन्द्र पाल्पाले जनाएको छ ।

त्यसैगरी तिनाउ गाउँपालिका वडा १ को अध्यक्षमा गुनबहादुर बगाले, वडा २ को अध्यक्षमा हरिप्रसाद पाण्डे, वडा ३ को अध्यक्षमा टंक बस्याल, वडा ४ को अध्यक्षमा लुकबहादुर घर्ती, वडा ५ को अध्यक्षमा प्रेम गाहा, वडा ६ को अध्यक्षमा रुपबहादुर पुन चयन भएका छन् । त्यसैगरी रैनादेवी छहरा गाउँपालिकाको सिद्देश्वरमा अर्जुन ज्ञवाली, सोमादीमा बिरबहादुर पोखरेल, भुवनपोखरीमा मिनबहादुर दर्लामी, छहरामा टेकराज पोखरेल, मुझुङ्गमा लोकबहादुर कार्की, रिब्दीकोट गाउँपालिकाको ख्याहामा भिमबहादुर राना, देउरालीमा लक्ष्मण सिलवाल, खस्यौलीमा चिरञ्जीवी अमात्य, भैरवस्थानमा राजेन्द्र नेपाल, ठिमुरेमा प्रकाश रायमाझी, पालुङ्गमैनादीमा दोलख कार्की, फेकमा चोतबहादुर उचाई चयन भएका छन् । यस्तै बगनासकाली गाउँपालिकाको पोखराथोकमा दिपेन्द्र ढकाल, यम्घामा नरेन्द्र पचभैया, पूर्वखोला गाउँपालिकाको बिरकोटमा चन्द्र बर्मेली, जल्पामा ज्ञानबहादुर बिक, रिङ्नेरहमा भिमबहादुर सारु, सिलुवामा राजु पंगेनी, देवीनगरमा रामबहादुर परियार, हेक्ला·मा हरि बाह्रघरे, निस्दी गाउँपालिकाको बाकामला·मा कुलबहादुर जिसी, गल्धामा कालुराम राना, मित्यालमा किमानसिंह सुनारी चयन भएका छन् ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी, प्रदेशसभा सांसद तथा पाल्पा इञ्चार्ज बसन्त घर्ती, केन्द्रीय निर्वाचन सदस्य चक्रव्युह थापा लगायतको विशेष उपस्थितिमा वडाहरुमा सम्मेलन भएको हो । नेकपा (माओवादी केन्द्र) ले शनिबार देशैभर उत्साहजनक रूपमा वडा सम्मेलन गरेको हो । वडा सम्मेलन मार्फत देशैभर नयाँ नेतृत्व चयन भएका छन् । माओवादीले देशरभका छ हजार ७ सय ४३ वडामा सम्मेलन आयोजना गरेको थियो । पछिल्लो समय सांगठनिक सुदृढी– करणमा जुटेको माओवादीले यही मंसिर ११ गते पालिका सम्मेलन गर्ने तयारी गरेको छ । यस्तै, यही मंसिर २५ गते प्रदेश सम्मेलन हुने छ । माओवादीले आगामी पुस ११ देखि १३ गतेसम्म काठमाडौंमा राष्ट्रिय सम्मेलनको आयोजना गरेको छ ।

प्रकाशित मिति: सोमबार, मंसिर ६, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update