पाल्पा, नेपाली काँग्रेसका पूर्व केन्द्रिय सदस्य राजन प्रसाद पन्तले जिल्लाका विभिन्न स्वास्थ्य संस्थाहरुलाई स्वास्थ्य सामग्री वितरण गर्दै आएका छन् । उनले नेपाल सरकारको स्वास्थ्य तथा जनसख्या मन्त्रालयबाट प्राप्त स्वास्थ्य सामग्री यहाँका विभिन्न गाउँपालिकाका स्वास्थ्यचौकीहरुलाई वितरण गर्दै आएका हुन् ।
स्वास्थ्य सामग्री वितरण गर्दै आएका उनले वर्तमान सरकारको मुख्य प्राथमिकता नै कोभिड नियन्त्रण भएकाले स्वास्थ्य सामग्री सबैको पहुँचमा पुर्याउन लागेको बताएका छन् । उनले आमनागरिकको जीवन रक्षालाई सरकारले मुख्य प्राथमिकतामा राखेकाले स्थानीय स्वास्थ्यचौकी एवं स्वास्थ्य संस्थामार्फत कोभिड नियान्त्रणका सामग्री सहज बनाएको नेता पन्तले बताए । स्वास्थ्य तथा जनसख्या मन्त्रालयबाट प्राप्त कोभिड नियन्त्रणका लागि आवश्यक स्वास्थ्य सामग्री हस्तान्त्रण गर्दै पन्तले सरकारको नीतिलाई स्थानीय सरकारले पनि पूर्णरुपमा पालना गर्नु पर्ने बताए ।
नेपाल सरकारको स्वास्थ्य तथा जनसख्या मन्त्रालयबाट प्राप्त सामग्री रम्भागाउपालिकालाई हस्तान्त्रण गर्दै काँग्रेस नेता पन्तले संसारलाई आक्रान्त पारेको कोभिड संक्रमण भए पछि उपचार गर्नु भन्दा संक्रमण हुन नदिन सावधानी अपनाउनका लागि सामग्री हस्तान्त्रण गरिएको बताए ।
सामग्री हस्तान्त्रण कार्यक्रममा नेपाल महिला संघकी केन्द्रिय सदस्य रमा पन्तले आफुले पनि कोभिडको सामना गरेकाले आफुले जस्तै अरुले सामाना गर्न नपरोस् भनेर स्वास्थ्य तथा जनसख्या मन्त्रालयसँग समन्वय गरी स्वास्थ्य सामग्री गाउँ–गाउँका स्वास्थ्य सस्थालाई हस्तान्त्रण गरेको बताइन् । रम्भा गाउँपालिकाका अध्यक्ष विष्णु भण्डारीले कोभिड नियन्त्रणमा सबैको साँझापहलबाट मात्र संभवभएकाले नियन्त्रणका लागि सबैले आ–आफनो क्षेत्रबाट पहल गर्नु पर्ने बताए । गाउँपालिकाका स्वास्थ्य प्राविधिक महेश आचार्यले सबैले आ–आफनो क्षेत्रबाट यस्ता स्वास्थ्य सामग्रीको सहयोग गरेको खण्डमा नियन्त्रण सहज हुने दावी गरे । यसैगरी पन्तले माथागढीको चिदीपानी स्वास्थ्यचौकीका लागि आवश्यक स्वास्थ्य सामग्री वडा अध्यक्ष शिव प्रसाद शर्मालाई हस्तान्त्रण गरेका छन् । कोभिड नियन्त्रणका लागि पिपि सेट, माक्स सेनेटाइजर, पञ्जा थर्मगन, अक्सिमिटर, एन्टिजिन परीक्षणको लागि आवस्यक सामग्री हस्तान्त्रण गरिएको थियो । यस अगाडि अन्य स्वास्थ्य संस्थाहरुमा पनि वितरण गरिएको थियो ।