Shittalpati
३ सय १५ संक्रमित थपिए

पाल्पा, पछिल्लो २४ घण्टामा थप ३ सय १५ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार सार्वजनिक गरेको नियमित कोरोना अपडेटमा देशभरका ३ सय १५ जना नयाँ संक्रमित थपिएका हुन् ।

मन्त्रालयका अनुसार ९ हजार ५ सय ११ जनाको पीसीआर परीक्षण गर्दा २ सय ९८ जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा पिसीआर परीक्षणमा संक्रमित हुनेको संख्या ८ लाख २१ हजार ९ सय ४९ पुगेको छ । यस्तै १ हजार ८ सय ९२ जनाको एन्टिजेन परीक्षण गर्दा १७ जनामा संक्रमण देखिएको छ । योसँगै एन्टिजेन परीक्षणबाट संक्रमित हुनेको संख्या ९५ हजार ५ सय ४६ जना पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ६ जनाको मृत्यु भएको छ भने २ सय १ जना निको भएका छन् । योसँगै नेपाल मृत्रुयु हुनेको संख्या ११ हजार ५ सय ३५ पुगेको छ भने ८ लाख ३ हजार ३ सय ६९ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ७ हजार ४५ जना रहेका छन् । जसमध्ये ६ हजार ७ सय १५ जना होम आइसोलेसनमा रहेका छन् भने ३ सय ३० जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये १ सय १० जना आईसीयू र ३८ जना भेन्टिलेटरमा उपचाररत् छन् । यस्तै १० वर्ष मुनिका ५ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका २६ जना कोरोना संक्रमित थपिएका छन् ।

प्रकाशित मिति: शुक्रबार, मंसिर १७, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update