पाल्पा, पछिल्लो २४ घण्टामा नेपालमा २ सय ४६ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय शुक्रबार सार्वजनिक गरेको नियमित कोरोना अपडेटमा देशभरका २ सय ४६ जनामा संक्रमण देखिएको हो ।
६ हजार ४ सय जनामा पीसीआर परीक्षण गर्दा २ सय २३ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । १ हजार ४ सय ३६ जनामा एन्टिजेन परीक्षण गर्दा २३ जनामा संक्रमण देखिएको मन्त्रालयले शुक्रबार सार्वजनिक तथ्यांकमा उल्लेख छ । एन्टिजेन र पीसीआर गरी ७ हजार ३ सय ३६ परीक्षण गर्दा २ सय ४६ जनामा पोजिटिभ देखिएको हो । थपिएकासँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख १७ हजार ७ सय ४१ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा ३ सय ४७ जना संक्रमणमुक्त भएका छन् । योसँगै ८ लाख ३ हजार ७ सय १६ जना संक्रमणमुक्त भएका छन् ।
नेपालमा कोरोना निको हुने दर ९७.७ प्रतिशत छ । हालसम्म संक्रमणबाट ११ हजार ५ सय ३५ जनाको मृत्यु भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । हाल देशमा सक्रिय संक्रमितको संख्या ६ हजार ९सय २१ रहेको छ । यस्तै, ९८ जना क्वारेन्टाइनमा छन् । २४ घण्टामा १ लाख ७५ हजार ५ सय ६७ जनाले खोप लगाएका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन । बिहीबार भने ६ जनाको मृत्यु भएको थियो ।