गुल्मीमा अक्सिजन उत्पादन सुरु
जिल्ला अस्पताल गुल्मीमा सञ्चालनमा आएको अक्सिजन प्लान्ट । जडानको सम्पूर्ण कार्य पूरा भएसँगै यहाँ अक्सिजन प्लान्ट सञ्चालनमा आएको छ । करिब डेढ करोडको लागतमा प्रतिदिन एक सय सिलिण्डर अक्सिजन उत्पादन क्षमता रहेको प्लान्टमा तत्काल दैनिक ४० वटा अक्सिजन सिलिण्डर भर्न सकिन्छ । निर्माण कम्पनीले काममा ढिलाई गरेका कारण मेसिनहरुमा खिया लागेको समाचार बाहिर आएपछि सम्बन्धित निकायले चासो देखाएको केही दिनमै प्लान्ट सञ्चालनमा आएको हो । अहिले गुल्मी अस्पतालमा दैनिक ५ वटा अक्सिजन सिलिण्डर खपत हुने गरेको छ । –तस्वीर : अनिल खत्रीको सहयोगमा/एनजेडी
प्रकाशित मिति: सोमबार, मंसिर २७, २०७८
प्रतिक्रिया दिनुहोस्