पाल्पा, पछिल्लो २४ घण्टामा थप ३ जनाको कोरोनाको कारण मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार सार्वजनिक गरेको नियमित कोरोना अपडेटमा देशभरका ३ जनाको कोरोनाका कारण मृत्यु भएको । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ५ सय ५७ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा ३ सय ४१ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टी भएको छ । मन्त्रालयले थप ३ सय ४१ जनामा कोभिड संक्रमण पुष्टि गरेको हो । पछिल्लो २४ घण्टामा १३ हजार २ सय ३६ नमूनाको परीक्षण गरिएको थियो । जसमध्ये १० हजार ४ सय १६ नमूनाको पीसीआर र २८ सय २० नमूनाको एन्टिजेन विधिबाट परीक्षण गरेको थियो । ३ सय १३ जनाको पीसीआर र २८ जनामा एन्टिजेन विधिबाट संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार थप ३ सय ७६ जना डिस्चार्ज भएका छन् । यो सहित कोरोनाबाट निको हुनेको संख्या ८ लाख ७ हजार १ सय ५४ पुगेको छ । हाल कोरोनाका सक्रिय संक्रमितको संख्या ५ हजार ८ सय २४ रहेको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ लाख ८७ हजार ६ सय ६४ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । यस्तै, मुलुकभर हालसम्म १ सय २६ जना आइसीयुमा र ३३ जना भेन्टिलेटरमा उपचारत छन् भने ९७ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।