Shittalpati
बालबालिकालाई कोरोना खोप लगाइँदै

पाल्पा, आजदेखि बालबालिकाहरुलाई पनि कोरोनाविरुद्धको खोप दिइन थालिएको छ । सरकारले १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकाहरुलाई कोभिड–१९ विरुद्धको खोप लगाउन लागेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५७ जिल्लाका १२ देखि १७ वर्ष उमेरसम्मका बालबालिकालाई मोडर्ना खोप दिइन लागेको छ । २०६१ साल मंसिरदेखि २०६६ मंसिरसम्म जन्म भएका बालबालिकाहरुलाई पुस ४ देखि १४ गतेसम्म खोपको पहिलो मात्रा दिइने मन्त्रालयले जनाएको छ । दोस्रो मात्रा भने माघ २ देखि १२ गतेसम्म दिइनेछ । यसअघि १२ वर्ष माथिका दीर्घ रोगीहरुका लागि फाइजर खोप लगाउन सुरु गरिएको छ । अहिले २० जिल्लामा फाइजर खोप सञ्चालनमा छ ।

प्रकाशित मिति: आइतबार, पुस ४, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update