पाल्पा, पछिल्लो २४ घण्टामा थप एक सय ८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर पछिल्लो २४ घण्टामा थप एक सय ८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । ४ हजार ८ सय ३१ जनाको पिसिआर परीक्षण गर्दा १ सय ३३ जना र ५ हजार ४१ जनाको एन्टिजेन परीक्षण गर्दा ४८ जना गरी १ सय ८१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १ जनाको मृत्यु भएको छ भने २ सय ८९ जना निको भएका छन् । आइतबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख २१ हजार ७ सय १७ पुगेको छ । योसँगै नेपाल मृत्यु हुनेको संख्या ११ हजार ५ सय ७३ पुगेको छ भने ८ लाख ८ हजार ९२ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ५ हजार २ सय ७१ जना रहेका छन् । जसमध्ये ५ हजार २३ जना होम आइसोलेसनमा रहेका छन् भने २ सय ४८ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोना २६ जना भेन्टिलेटरमा उपचाररत् छन् । यस्तै १० वर्ष मुनिका १ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका ११ जना कोरोना संक्रमित थपिएका छन् ।