बालबालिकालाई आजदेखि कोरोनाविरुद्धको खोप
पाल्पा, लुम्बिनी प्रदेशमा आजदेखि बालबालिकालाई कोरोना भाइरसविरुद्धको खोप लगाइएको छ । लुम्बिनी प्रदेशका नौ जिल्लामा आज (सोमबार) देखि बालबालिकालाई कोरोना भाइरसविरुद्धको खोप लगाइएको हो । विद्यालय उमेर समूह अर्थात् १२ वर्षदेखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई सरकारले कोरोना भाइरसविरुद्धको मोडर्ना खोप लगाउन लागेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यो अभियान १४ पुससम्म सञ्चालन गर्ने प्रदेश जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीका प्रमुख राजेन्द्र गिरीले जानकारी दिए । लुम्बिनीका रुकुम पूर्व, रोल्पा, प्युठान, गुल्मी, अर्घाखाँची, पाल्पा, पश्चिम नवलपरासी, कपिलवस्तु र बर्दियाका विद्यार्थीलाई खोप लगाइएको छ
प्रकाशित मिति: सोमबार, पुस ५, २०७८
प्रतिक्रिया दिनुहोस्