.jpg)
गुल्मी, गुल्मी जिल्लामा विद्यार्थीलाई कोरोना कोरोना विरुद्धको खोप लगाउन शुरु गरिएको छ । जिल्लाका ९३ वडामा रहेका बिद्यालयहरुमा १२ देखि १७ वर्ष उमेर समूहका सबै बालबालिकालाई खोप लगाउन थालिएको हो ।
जिल्ला स्थित १२ वटा स्थानीय तहको समन्वयमा तोकिएको खोप केन्द्रमा लक्षित उमेर समूहका बालबालिकालाई कोरोना विरुद्धको मोडना खोप लगाउन शुरु गरिएको जिल्ला स्वास्थ्य कार्यालय गुल्मीका प्रमुख पशुपति आचार्यले बताए । जिल्लामा हाल ३० हजार डोज खोप लक्षित उमेर समूहका बालबालिकालाई आएको आचार्यले बताए । जिल्लाभर लक्षित उमेर समूहका विद्यार्थीहरु ३३ हजार रहेका छन् । कोरोना विरुद्धको खोप लगाउन पाउदा विद्यार्थीहरु उत्साहित भएका छन् । लामो समयको प्रतिक्षा पछि खोप लगाउन पाउँदा विद्यार्थीहरुले पठनपाठनमा सहजता हुने विद्यार्थीहरको भनाई छ । बालबालिकाहरुलाई कोरोना विरुद्धको खोप पुस ८ गतेसम्म दिइने भएको छ । पहिलो चरणमा खोप लगाइसकेपछि २८ दिनपछि दोस्रो चरणमा खोप लगाइनेछ । जिल्ला सदरमुकाम रहेको रेसुङ्गा नगरपालिकाकाले बजार भित्रका विद्यालयहरुलाई हाटबजारको भवनमा खोप लगाउने व्यवस्था मिलाएको रेसुङ्गा नगरपालिका स्वास्थ्य शाखा प्रमुख बोम अर्यालले बताए । बजार बाहिरका विद्यालयहरुमा भने नजिकैको तोकिएको खोप केन्द्रहरुबाट खोप दिने व्यवस्था मिलाइएको छ । जिल्लामा हालसम्म विभिन्न चरणमा पहिलो मात्राको खोप लाउने संख्या १ लाख ३५ हजार ६ सय ४६ रहेको छ । दोस्रो मात्राको खोप लगाउनेको संख्या ६२ हजार ४ सय २१ रहेको छ । हाल जिल्लामा ८९ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् भने ९७ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।
–पत्रकार अनिल खत्रीबाट