
पाल्पा, पछिल्लो २४ घण्टामा ३ सय ४९ जना कोराना भाइरस संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलका अनुसार शुक्रबार पछिल्लो २४ घण्टामा ३ सय ४९ जना संक्रमणमुक्त भएका हुन् ।
यो सँगै देशभर ८ लाख १० हजार २ सय ७१ ज्ना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । यस्तै पछिल्लो २४ घण्टामा थप २ सय ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ८ हजार ६० जनाको पीसीआर परीक्षण गर्दा २ सय २७ जना र ३ हजार ८ सय ३८ जनाको एन्टीजेन परीक्षण गर्दा २३ जना गरी २ सय ६० जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयलले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा १ जनाको मृत्यु भएको । नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख २३ हजार १६ पुगेको छ । योसँगै नेपाल मृत्यु हुनेको संख्या ११ हजार ५ सय ८२ पुगेको छ । मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ४८ जना रहेका छन् । जसमध्ये ४ हजार ८ सय १७ जना होम आइसोलेसनमा रहेका छन् भने २ सय ३१ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ७७ जना आईसीयू र २१ जना भेन्टिलेटरमा उपचाररत् छन् । यस्तै १० वर्ष मुनिका ६ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका २९ जना कोरोना संक्रमित थपिएका छन् ।