Shittalpati
थप २ सय ६४ जनामा कोरोना भाइरस पुष्टि

पाल्पा, पछिल्लो २४ घण्टामा थप २ सय ६४ जनामा कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो समयमा थप २ सय ६४ जनामा कोरोना भाइरस पुष्टि भएको हो । ८ हजार ५ सय ३६ जनाको पीसीआर परीक्षण गर्दा २ सय ४१ जना र ४ हजार ३० जनाको एन्टीजेन परीक्षण गर्दा २३ जना गरी २ सय ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको भएको छ । 

यस्तै पछिल्लो २४ घण्टामा २ जनाको मृत्यु भएको छ भने २ सय ६० जना संक्रमणमुक्त भएका छन् । नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख २३ हजार ९ सय ३७ पुगेको छ । योसँगै नेपाल मृत्यु हुनेको संख्या ११ हजार ५ सय ८८ पुगेको छ भने ८ लाख ११ हजार २ सय ६५ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ४ हजार ९ सय १० जना रहेका छन् । जसमध्ये ४ हजार ६ सय ६५ जना होम आइसोलेसनमा रहेका छन् भने २ सय ४५ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ८४ जना आईसीयू र २२ जना भेन्टिलेटरमा उपचाररत छन् । यस्तै १० वर्ष मुनिका ८ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका २० जना कोरोना संक्रमित थपिएका छन् ।

प्रकाशित मिति: बुधबार, पुस १४, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update