Shittalpati
माथागढीमा पोषण कार्यक्रम समीक्षा तथा गोष्ठी

पाल्पा, जिल्लाको माथागढी गाउँपालिकाले पालिकस्तरीय पोषण कार्यक्रम समीक्षा तथा कार्य योजना गोष्ठी गरेको छ । गाउँपालिकाले दुई दिने समीक्षा तथा गोष्ठीको आयोजना गरेको हो । समीक्षामा कार्यक्रमको प्रगति, उपलब्धी र आगामी योजनाका विषयमा छलफल भएको थियो । कार्यक्रममा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख केशव जिसिले समग्र पालिकाको विवरण पेस गर्दै बालबालिका, किशोरी तथा महिलाहरुको गुणस्तरीय पोषण सेवामा पहँुच वृद्धिको लागि समिक्षा तथा कार्ययोजना तर्जुमा गर्ने बताए । उनले शाखाले स्वास्थ्य तथा पोषण सुधारका लागि सबैको सहयोग समन्व्य र सहकार्यमा गर्नुपर्ने नेतृत्वदायी भूमिका खेल्ने पनि बताए ।

सुहारा कार्यक्रम संमयोजक कृष्ण गुरुङ र सुआहाराका स्वास्थ्य तथा पोषण अधिकृत बिनोद पोखरेलले नेपालमा पोषणको वर्तमान अवस्था, जीवनचक्रमा पोषणको महत्व, औचित्य र आवश्यकता, कुपोषण र यसको असर, मातृ, शिशु तथा बाल्यकालीन पोषण र स्वास्थ्य प्रवद्र्धनका लागि अत्यावश्यक पोषण कार्य र सम्पर्क स्थान ,पोषण कार्यक्रमसँग सम्बन्धित रिर्पोटिङका बारेमा जानकारी गराएका थिए ।

गोष्ठीको पहिलो दिन स्वास्थ्य संस्थाको पोषण कार्यक्रमको प्रस्तुतीकरण र छलफल समेत गरिएको थियो । दोस्रो दिन जनप्रतिनिधि र स्वास्थ प्रमुख सँग योजना निर्माण गरी प्रतिवद्धता पनि प्रस्तुत गरिएको थियो कार्यक्रममा सामाजिक विकास समितिका संयोजक साबित्रा पन्थी ज्ञवाली , माथागढी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत दिनेश ज्ञवाली, जिल्ला स्वास्थ कार्यलयका प्रमुख डा. राजेन्द्र गिरी , गाउँपालिका प्रवक्ता तथा चारका वडा अध्यक्ष मधु पराजुली , वडा अध्यक्षहरु , कार्यपालिका सदस्य, कृषि शाखा, पशु सेवा शाखा, महिला तथा बालबालिका ,शिक्षा शाखा र सबै स्वास्थ्य चौकीका प्रमुखहरुको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: सोमबार, पुस १९, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update