पाल्पा । युनियन लाइफ इन्स्योरेन्सले वैदेशिक रोजगार अन्र्तगत मृत्यु दाबी भुक्तानी वापतको रकम भुक्तानी गरेको छ । कम्पनी पाल्पा शाखाले जिल्लाको रामपुर नगरपालिका ६ का कोषबहादुर घर्तीको श्रीमती सीतादेवी घर्तीलाई वैदेशिक रोजगारको बीमा दाबी बापतको १३ लाख रुपैयाँ हस्तान्तरण गरेको हो ।
उक्त चेक पाल्पा शाखाका शाखा प्रवन्धक दिनेश नेपालले मृतकको श्रीमतीलाई हस्तान्तरण गरेका हुन् । वैदेशिक रोजगारको क्रममा दुवई पुगेका मृतक घर्तीको ६ महिना अघि नेपाल आई उपचारका क्रममा मृत्यु भएको थियो । मृतक घर्तीले एक वर्ष अघि युनियन लाइफ इन्स्योरेन्समा बीमा लेखा नम्वर F E75030058 अन्र्तगत वैदेशिक रोजगार म्यादी जीवन बीमा गराएका थिए । कम्पनीले मृतकका श्रीमती सीतालाई बीमाड्ढ दावी वापतको दश लाख, क्रिया खर्च बापत एक लाख, आय नोक्सानी वापत दुई लाख गरी १३ लाखको चेक प्रदान गरेको छ । बीमा गराउँदा आर्थिक सुरक्षा हुने गरेको कम्पनी पाल्पा शाखाका प्रवन्धक नेपालले बताए । मृत्यु दावी रकम बुझ्दै मृतक घर्तीको श्रीमती सीताले दुःखमा पनि कम्पनीले देखाएको सहयोग र सद्भावको प्रशंसा गरिन् ।