Shittalpati
पाल्पा र गुल्मीमा ७२ विद्यार्थी एसइई परीक्षा दिनबाट बञ्चित

रामचन्द्र रायमाझी/रमेश विश्वकर्मा
गुल्मी/पाल्पा । आगामी चैत्र ६ गतेदेखि १७ गतेसम्म सञ्चालन हुन लागेको माध्यमिक शिक्षा परीक्षा (एसइई)मा पाल्पा र गुल्मीबाट ७२ जना विद्यार्थीहरु परीक्षा दिनबाट बञ्चित भएका छन् । ७५ प्रतिशत हाजिरी नपुगेको कारण उनीहरु एसइई परीक्षा दिन नपाउने भएका हुन् ।

पाल्पा जिल्लाबाट ४४ जना विद्यार्थीहरु परीक्षा दिनबाट बञ्चित भएका छन्, भने गुल्मी जिल्लाबाट २८ जना विद्यार्थीहरु परीक्षा दिन बञ्चित भएको सम्बन्धित शिक्षा विकास तथा समन्वय एकाईहरुले जनाएका छन् । उनीहरुका अनुसार ७५ प्रतिशत हाजिर अपुग भएका तथा आवेदन फाराम भरेका तर विभिन्न कारणले बिचमा पढाई छाडेका विद्यार्थीहरु परीक्षा दिनबाट बञ्चित भएका हुन् । परीक्षामा पाल्पा जिल्लाबाट ५ हजार ६८ जना विद्यार्थीहरु सहभागी हुन लागेको शिक्षा विकास तथा समन्वय एकाई, पाल्पाका सूचना अधिकारी विष्णुप्रसाद बेल्वासेले जानकारी दिए । उनका अनुसार नियमित तर्फ ४ हजार ८ सय ९६ र ग्रेडवृद्धितर्फ २ सय १६ जना विद्यार्थी परीक्षामा सहभागी हुन लागेका छन् । पाल्पामा परीक्षाका लागि २३ वटा विद्यालयमा परीक्षा केन्द्र तोकिएको छ । त्यस्तै गुल्मी जिल्लामा परीक्षा दिनबाट बञ्चित २८ जना विद्यार्थी मध्ये १८ जना छात्रा र १० जना छात्र रहेको शिक्षा विकास तथा समन्वय इकाई गुल्मीका इकाई प्रमुख ईश्वरी प्रसाद ज्ञवालीले जानकारी दिए । उनका अनुसार परीक्षामा ४ हजार ७ सय ७ विद्यार्थी सहभागी हुने छन् । जस अन्तर्गत २ हजार ५ सय १५ जना छात्रा र २ हजार १ सय ९२ जना छात्र परीक्षामा सहभागी हुने छन् । जिल्लामा नियमिततर्फ ४ हजार ६ सय २८ र ग्रेड वृद्धितर्फ ७९ जना विद्यार्थी सहभागी हुने इकाई प्रमुख ज्ञवालीले बताए ।

उनका अनुसार नियमित तर्फ २ हजार ४ सय ८४ छात्रा र २ हजार १ सय ४४ जना छात्र सहभागी हुने छन् । त्यस्तै ग्रेड वृद्धितर्फ ३१ जना छात्रा र ४८ जना छात्र सहभागी हुने शिक्षा विकास तथा समन्वय इकाई गुल्मीले जनाएको छ । यस वर्षको एसइईमा सधारणतर्फ ४ हजार ४ सय ७४ विद्यार्थी सहभागी हुने शिक्षा विकास तथा समन्वय इकाई गुल्मीका शाखा अधिकृत महेन्द्र सुवेदीले बताए । जिल्लामा अहिले १६ वटा विद्यालयमा प्राविधिक शिक्षा सञ्चालनमा आएको कार्यालयका प्राविधिक सहायक अमृत पौडेलले जानकारी दिए । उनका अनुसार यस वर्षको एसइईमा ६ वटा विद्यालयका विद्यार्थीहरु सहभागी हुने छन् । जसमा रेसु·ा मावि तम्घास, उदय मावि शान्तिपुर, पाञ्चायन मावि जैसिथोक, जनज्योति मावि रिमुवा, हिमालय मावि हस्तिचौर, जनबोध मावि रानीबासका १ सय ५१ जना विद्यार्थी परीक्षामा सहभागी हुने भएका छन् ।

रेसुङ्गा मावि तम्घास र जनज्योति मावि रिमुवाबाट सिभिल इन्जिनियरिङ र अन्य ४ वटा विद्यालयबाट बालीविज्ञान अध्ययन गरेका परीक्षार्थीहरु सहभागी हुने छन् । जिल्लाको एक जना छात्र काठमाडांै कारगारबाट परीक्षामा सहभागी हुने समन्वय इकाईले जनाएको छ । परीक्षालाई व्यवस्थित र मर्यादित बनाउनका लागि जिल्लाका विभिन्न स्थानमा २६ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ । जुन विद्यालयमा परीक्षा केन्द्र तोकिएको छ, त्यो विद्यालयको प्रधानाध्यापक नै स्वतः त्यहाँको केन्द्राध्यक्ष हुने व्यवस्था भएको इकाई प्रमुख ज्ञवालीले बताए । अहिले परीक्षा केन्द्रहरुमा उत्तरपुस्तिका पु¥याउने काम भईरहेको छ ।

प्रकाशित मिति: शुक्रबार, फागुन ३०, २०७६
प्रतिक्रिया दिनुहोस्
Weather Update