हाम्रा संवादादाता
गुल्मी, गुल्मीमा पनि कोभिडको संक्रमण दिन प्रति दिन बढी रहेको छ । पछिल्लो २४ घण्टामा ६३ जनाको परीक्षण गर्दा जिल्लामा एकै दिन ३५ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । यस मध्ये सबै भन्दा धेरै कालीगण्डकी गाउँपालिकाका ११ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ ।
कार्यालयका अनुसार रेसुङ्गा नगरपालिकामा ६, कालीगण्डकी गाउँपालिकामा ११, चन्द्रकोट र इस्मा गाउँपालिकामा १/१ जना, सत्यवती ४ जनामा संक्रमण भएको छ । रुरुमा ३, छत्रकोटमा ८ र धुर्कोट गाउँपालिकामा १ जना पिसिआर गरी ३५ जनामा संक्रमण पुष्टि भएको छ ।
जिल्लामा सक्रिय संक्रमितको संख्या ६० रहेको छ । जिल्लामा कोरोनाको दोस्रो लहरबाट ९७ जनाको मृत्यु भएको थियो । जिल्लामा १ लाख ३५ हजार ६ सय ४६ जनाले पहिलो मात्रा र ६२ हजार ४ सय २१ जनाले दोस्रो मात्राको खोप लगाई सकेका छन् ।