Shittalpati
पाल्पामा बुधबार २४ नयाँ संक्रमित थपिए

पाल्पा, जिल्लामा पछिल्लो २४ घण्टामा थप २४ जना नयाँँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले बुधबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा २४ जनामा संक्रमण पुष्टि भएको हो ।

१० जनाको पीसीआर परीक्षण गर्दा १० जनामै संक्रमण देखिएको हो । जसमा माथागढी गाउँपालिका, रामपुर नगरपालिकाका १/१ जना, पूर्वखोला गाउँपालिकाका, बगनासकाली गाउँपालिका, तानसेन नगरपालिकाका २/२, रिब्दीकोट गाउँपालिका र तिनाउ गाउँपालिकाका १/१ जनामा कोरोना पुष्टि भएको छ । योसँगै पिसिआर परीक्षण गर्दा जिल्लामा अहिलेसम्म ६ हजार ६ सय ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये २ हजार ६ सय १७ जना महिला र ३ हजार ९ सय ९२ जना पुरुष रहेका छन् ।

यस्तै, पछिल्लो २४ घण्टामा एन्टिजेन परीक्षणमा १४ जनामा संक्रमण देखिएको छ । ४४ जनामा परीक्षण गरिएकोमा १४ जनामा संक्रमण देखिएको हो । रैनादेवी छहरा गाउँपालिका, रम्भा गाउँपालिका, बगनासकाली गाउँपालिका, रिब्दीकोट गाउँपालिका, निस्दी गाउँपालिकाका १/१ जना र तानसेन नगरपालिकाका ९ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ । योसँगै जिल्लामा एन्टिजेन परीक्षणबाट संक्रमण हुनेको संख्या ४ हजार ३ सय ४८ पुगेको छ । जहाँ २ हजार २ सय ४४ जना महिला र २ हजार १ सय ४ जना पुरुष रहेको स्वास्थ्य कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

यस्तै पछिल्लो २४ घण्टामा ७ जना संक्रमितले कोरोना जितेका छन् । रामपुर, रिब्दीकोटका १/१, रैनादेवी छहराका २ र तानसेन नगरपालिकाका ३ जना संक्रमित कोरोनामुक्त भएका हुन् । स्वास्थ्य कार्यालयका अनुसार योसँगै जिल्लामा कोरोना संक्रमणबाट निको हुनेहरुको संख्या १० हजार ५ सय ६ पुगेको छ । जसमा ४ हजार ६ सय ९४ महिला, ५ हजार ८ सय १२ जना पुरुष रहेका छन् ।

यहाँ अहिलेसम्म २ सय ५७ जना संक्रमितको मृत्यु भइसकेको छ । जसमा ८४ जना महिला र १ सय ७३ जना पुरुष रहेको स्वास्थ्य कार्यालयको तथ्याङ्कमा छ । जिल्लामा अहिलेसम्म १ सय ९४ जना सक्रिय संक्रमित रहेका छन् । जस मध्ये १ सय ९२ जना होम आइसोलेसनमा रहेका छन् भने २ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति: बुधबार, माघ ५, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update