Shittalpati
गजल

मन बहादुर खत्री
इस्मा–२, मैनडाँडा, गुल्मी


सोह्र वर्षे जस्तै लाग्छ केश फुल्यो सेतै प्रिय
हिजै उडे जस्तो लाग्छ जुग बित्यो यतै प्रिय

गर्नु थियो केही देशमै प्रदेशिएँ खुशी किन्न
भोक, निद्रा प्यास छैन तिमी रह्यौ त्यतै प्रिय

न उमेरमा कमाई भयो नवैंशमा रमाई भयो
साहुको ऋण तिरिदिनु बेची गैरी खेतै प्रिय

बाबाआमा कुर्दै होलान् बाटो हेरी टुलुटुलु
सन्तानको माया कति पाएँ आज चेतै प्रिय

स्याहार गर्नु छोराछोरी वृद्ध बाबाआमाको नि
फर्की हाल्छु घर देश जीवन होला जेतै प्रिय

प्रकाशित मिति: शनिबार, चैत १, २०७६
प्रतिक्रिया दिनुहोस्
Weather Update