गजल
नवराज पौडेल (छहारी)
पाल्पा, रामपुर
हाल–काठमाडौं, सिंहदरवार
रमाउछन् अझै आफ्नो कुर्सी प्यारो, भन्दै यहाँ ।
पदमा रहुन्जेल सर्वेसरा मेरै हो, ठान्दै यहाँ ।। १ ।।
सरकारी जग्गा हडप्नेले, के बाँकी नै राख्लान ।
नियन्त्रण गर्ने निकायलाई बन्दी, बनाउँदै यहाँ ।। २ ।।
भष्ट्राचार नै गरेका छन्, खरबौं को सजाय छैन ।
आर्काको आशमा बाच्न थाले अझै, रमाउँदै यहाँ ।। ३ ।।
लोभले लाभ लाभले विलाप, बनिसक्यो विचरा देश ।
सहयोग अपेक्षामा कति बस्छौ अझै देश, चलाउँदै यहाँ ।। ४ ।।
कति कति अरवौं रकम दिनानुदिन भ्रष्टाचारमा छ ।
ःऋऋ को अपेक्षाले राष्ट्र अपा· बन्दै यहाँ ।। ५ ।।
प्रकाशित मिति: शनिबार, चैत १, २०७६
प्रतिक्रिया दिनुहोस्