पाल्पा, जिल्लामा पछिल्लो २४ घण्टामा थप ७४ जना नयाँँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले शुक्रबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा ७४ जनामा संक्रमण पुष्टि भएको हो ।
१८ जनाको पीसीआर परीक्षण गर्दा ११ जनामा संक्रमण देखिएको छ । जसमा तानसेन नगरपालिकाका र बगनासकाली गाउँपालिकाका ३/३, रैनादेवी छहरा गाउँपालिकाका २, माथागढी गाउँपालिका, पूर्वखोला गाउँपालिका, निस्दी गाउँपालिकका १/१ जनामा कोरोना पुष्टि भएको हो । योसँगै पीसीआर परीक्षण गर्दा जिल्लामा अहिलेसम्म ६ हजार ८ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये २ हजार ७ सय १९ जना महिला र ४ हजार १ सय १५ जना पुरुष रहेका छन् ।
यस्तै, पछिल्लो २४ घण्टामा एन्टिजेन परीक्षणमा ६३ जनामा संक्रमण देखिएको छ । १ सय ३० जनामा परीक्षण गरिएकोमा ६३ जनामा संक्रमण देखिएको हो । तानसेन नगरपालिकाका २७, पूर्वखोला गाउँपालिकाका ८, बगनासकाली गाउँपालिकाका ९, रैनादेवी छहरा गाउँपालिकाका १, रामपुर नगरपालिकाका ६, माथागढी गाउँपालिकाका ५, रम्भा गाउँपालिकाका ५, रिब्दीकोट गाउँपालिकाका २ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ । योसँगै जिल्लामा एन्टिजेन परीक्षणबाट संक्रमण हुनेको संख्या ४ हजार ८ सय ४२ पुगेको छ । जहाँ २ हजार ४ सय ९७ जना महिला र २ हजार ३ सय ४५ जना पुरुष रहेको स्वास्थ्य कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।
यस्तै पछिल्लो २४ घण्टामा ४२ जना संक्रमितले कोरोना जितेका छन् । तानसेनका १७, रम्भाका ३, रैनादेवी छहराका ९, रिब्दीकोट र बगनासका ४/४, रामपुर नगरपालिकाका २, माथागढी, पूर्वखोला र तिनाउका १/१ जना संक्रमित कोरोनामुक्त भएका हुन् । स्वास्थ्य कार्यालयका अनुसार योसँगै जिल्लामा कोरोना संक्रमणबाट निको हुनेहरुको संख्या १० हजार ६ सय ८५ पुगेको छ । जसमा ४ हजार ७ सय ७० महिला, ५ हजार ९ सय १५ जना पुरुष रहेका छन् । यहाँ अहिलेसम्म २ सय ६१ जना संक्रमितको मृत्यु भइसकेको छ । जसमा ८६ जना महिला र १ सय ७५ जना पुरुष रहेको स्वास्थ्य कार्यालयको तथ्याङ्कमा छ । जिल्लामा अहिलेसम्म ७ सय ३० जना सक्रिय संक्रमित रहेका छन् । जस मध्ये ७ सय १६ जना होम आइसोलेसनमा रहेका छन् भने १४ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।