तानसेन नगरपालिकाको सेवा स्थगित
रामपुर (पाल्पा), तानसेन नगरपालिकाले कार्यालयका कर्मचारीमा कोभिड–१९ सङ्क्रमण देखिएपछि सेवा स्थगित गरेको छ । नगरपालिकाका २३ कर्मचारी तथा जनप्रतिनिधिमा कोरोना सङ्क्रमण पुष्टि भएपछि अत्यावश्यक बाहेकका सेवा स्थगित गर्नु परेको प्रमुख प्रशासकिय अधिकृत पिताम्बर पाण्डेयले जानकारी दिए ।
नगरपालिकाले यही माघ २१ गतेसम्म सेवा स्थगित गरेको जनाएको छ । शुक्रवार ३२ कर्मचारीको पिसीआर परिक्षण गर्दा २३ जनामा सङ्क्रमण पुष्टि भएको हो । –रासस
प्रकाशित मिति: शनिबार, माघ १५, २०७८
प्रतिक्रिया दिनुहोस्