Shittalpati
पाल्पामा थप ६७ जनामा कोराना पुष्टि

पाल्पा, पाल्पामा थप ६७ जना नयाँँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले शनिबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा पछिल्लो २४ घण्टामा ६७ जनामा संक्रमण पुष्टि भएको हो ।

३१ जनाको पीसीआर परीक्षण गर्दा १५ जनामा संक्रमण देखिएको छ । जसमा तानसेन नगरपालिकाका ११, रम्भा गाउँपालिकाका २, रैनादेवी छहरा गाउँपालिका र रिब्दीकोट गाउँपालिकाका १÷१ जनामा कोरोना पुष्टि भएको हो । योसँगै पीसीआर परीक्षण गर्दा जिल्लामा अहिलेसम्म ६ हजार ८ सय ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये २ हजार ७ सय २८ जना महिला र ४ हजार १ सय २१ जना पुरुष रहेका छन् । यस्तै, पछिल्लो २४ घण्टामा एन्टिजेन परीक्षणमा ५२ जनामा संक्रमण देखिएको छ । ७६ जनाको परीक्षण गरिएकोमा ५२ जनामा संक्रमण देखिएको हो ।

तानसेन नगरपालिकाका ३६, बगनासकाली गाउँपालिकाका १३, पूर्वखोला गाउँपालिकाका २, रिब्दीकोट गाउँपालिकाका १ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ । योसँगै जिल्लामा एन्टिजेन परीक्षणबाट संक्रमण हुनेको संख्या ४ हजार ८ सय ९४ पुगेको छ । जहाँ २ हजार ५ सय ९ जना महिला र २ हजार ३ सय ८५ जना पुरुष रहेको स्वास्थ्य कार्यालयको तथ्याड्ढमा उल्लेख छ । यस्तै पछिल्लो २४ घण्टामा ६३ जना संक्रमितले कोरोना जितेका छन् । तानसेन नगरपालिकाका ३४, बगनास गाउँपालिकाका ५, माथागढी गाउँपालिका र रैनादेवी छहरा गाउँपालिकाका ७/७, पूर्वखोला गाउँपालिका र तिनाउ गाउँपालिकाका २/२, रिब्दीकोट गाउँपालिकाका ३, निस्दी गाउँपालिका, रम्भा गाउँपालिका र रामपुर नगरपालिकाका १/१ जना संक्रमित कोरोनामुक्त भएका हुन् । स्वास्थ्य कार्यालयका अनुसार योसँगै जिल्लामा कोरोना संक्रमणबाट निको हुनेहरुको संख्या १० हजार ७ सय ४८ पुगेको छ । जिल्लामा अहिलेसम्म ७ सय ३४ जना सक्रिय संक्रमित रहेका छन् ।

प्रकाशित मिति: शनिबार, माघ १५, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update