पाल्पा, पाल्पामा १५ जना नयाँँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले आइतबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा पछिल्लो २४ घण्टामा १५ जनामा संक्रमण पुष्टि भएको हो ।
१७ जनाको पीसीआर परीक्षण गर्दा १० जनामा संक्रमण देखिएको छ । जसमा तानसेन नगरपालिकाका ५, रम्भा गाउँपालिका, माथागढी गाउँपालिका र तिनाउ गाउँपालिकाका १/१, रामपुर नगरपालिकाका २ जनामा कोरोना पुष्टि भएको हो । योसँगै पीसीआर परीक्षण गर्दा जिल्लामा अहिलेसम्म ६ हजार ८ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये २ हजार ७ सय ३२ जना महिला र ४ हजार १ सय २७ जना पुरुष रहेका छन् । यस्तै, पछिल्लो २४ घण्टामा एन्टिजेन परीक्षणमा ५ जनामा संक्रमण देखिएको छ । ६ जनाको परीक्षण गरिएकोमा ५ जनामा संक्रमण देखिएको हो । रम्भा गाउँपालिकाका ५ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ । योसँगै जिल्लामा एन्टिजेन परीक्षणबाट संक्रमण हुनेको संख्या ४ हजार ८ सय ९९ पुगेको छ । जहाँ २ हजार ५ सय १२ जना महिला र २ हजार ३ सय ८७ जना पुरुष रहेको स्वास्थ्य कार्यालयको तथ्याड्ढमा उल्लेख छ । यस्तै पछिल्लो २४ घण्टामा ५५ जना संक्रमितले कोरोना जितेका छन् ।
तानसेन नगरपालिकाका २८, बगनास गाउँपालिकाका ४, रम्भा गाउँपालिकाका ८, रामपुर नगरपालिकाका ७, रिब्दीकोट गाउँपालिका र रनादेवी गाउँपालिका ३/३, माथागढी गाउँपालिका र तिनाउ गाउँपालिकाका १/१ जना संक्रमित कोरोनामुक्त भएका हुन् । स्वास्थ्य कार्यालयका अनुसार योसँगै जिल्लामा कोरोना संक्रमणबाट निको हुनेहरुको संख्या १० हजार ८ सय ३ पुगेको छ । जसमा महिला ४ हजार ८ सय १४ महिला र ५ हजार ९ सय ८९ जना पुरुष रहेका छन् । जिल्लामा अहिलेसम्म ६ सय ९४ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये ६ सय ८० जना होम आइसोलेसनमा रहेका छन् भने १४ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।