Shittalpati
सोमबार एक सय १० जनामा कोरोना संक्रमण, ५९ जना निको

पाल्पा, पाल्पामा एक सय १० जना नयाँँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले सोमबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा पछिल्लो २४ घण्टामा एक सय १० जनामा संक्रमण पुष्टि भएको हो । ११ जनाको पीसीआर परीक्षण गर्दा ६ जनामा संक्रमण देखिएको छ । जसमा तानसेन नगरपालिकाका ३,रामपुर नगरपालिका, माथागढी गाउँपालिका र रिब्दीकोट गाउँपालिकाका १/१ जनामाकोरोना पुष्टि भएको हो । योसँगै पीसीआर परीक्षण गर्दा जिल्लामा अहिलेसम्म ६ हजार ८ सय ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये २ हजार ७ सय ३५ जना महिला र ४ हजार १ सय ३० जना पुरुष रहेका छन् ।

यस्तै, पछिल्लो २४घण्टामा एन्टिजेन परीक्षणमा १ सय ४ जनामा संक्रमण देखिएको छ । २ सय ३६ जनाकोपरीक्षण गरिएकोमा १ सय ४ जनामा संक्रमण देखिएको हो । तानसेन नगरपालिकाका ६५, बगनास गाउँपालिका र रामपुर नगरपालिकाा ७/७, माथागढी गाउँपालिका र रम्भागाउँपालिकाका ५/५, पूर्वखोला गाउँपालिकाका ९, रैनादेवी छहरा गाउँपािलकाका ४ जना, रिब्दीकोट गाउँपालिका र निस्दी गाउँपालिकाका १/१ जनामा संक्रमण देखिएकोस्वास्थ्य कार्यालयले जनाएको छ । योसँगै जिल्लामा एन्टिजेन परीक्षणबाट संक्रमणहुनेको संख्या ५ हजार ३  पुगेको छ ।जहाँ २ हजार ५ सय ६१ जना महिला र २ हजार ४ सय ४२ जना पुरुष रहेको स्वास्थ्यकार्यालयको तथ्याड्ढमा उल्लेख छ । यस्तै पछिल्लो २४ घण्टामा ५९ जना संक्रमितले कोरोना जितेका छन् । तानसेननगरपालिकाका २०, तिनाउ गाउँपालिकाका १२, बगनासकाली गाउँपालिकाका १४, माथागढी गाउँपालिकाका ३, पूर्वखोला गाउँपालिका र रनादेवी गाउँपालिका २/२, निस्दी गाउँपालिकाका ४, रिब्दीकोट गाउँपालिका र रम्भा गाउँपालिकाका १/१ जना संक्रमित कोरोनामुक्त भएका हुन् ।स्वास्थ्य कार्यालयका अनुसार योसँगै जिल्लामा कोरोना संक्रमणबाट निको हुनेहरुको संख्या १० हजार ८ सय ६२ पुगेको छ । जसमा महिला ४ हजार ८ सय ४७ महिला र ६हजार १५ जना पुरुष रहेका छन् । जिल्लामा अहिलेसम्म ७ सय ४५ जना सक्रिय संक्रमित रहेका छन् ।  जसमध्ये ७ सय३२ जना होम आइसोलेसनमा रहेका छन् भने १३ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति: सोमबार, माघ १७, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update