Shittalpati
सभापति पन्थीले गुल्मीमा सभाहल निर्माणका लागि मन्त्री झाँक्रीको गराए ध्यानाकर्षण

गुल्मी, नेपाली काँग्रेस गुल्मीका सभापति खिलध्वज पन्थीले शहरी विकास मन्त्री रामकुमारी झाँक्रीको ध्यानाकर्षण गराएका छन् । सोमबार शहरी विकास मन्त्रालयमा पुगेका सभापति पन्थीले मन्त्री झाँक्रीलाई जिल्लाको सदरमुकाम तम्घासमा पर्याप्त सीट क्षमता भएको सभाहल नभएको भन्दै ध्यानाकर्षण गराएका हुन् ।

सभापति पन्थीले सदरमुकाम तम्घासको रेसुङ्गा नगरपालिकामा दुई हजार सीट क्षमता भएको सुविधा सम्पन्न सभा हल निर्माण गर्नको लागि आवश्यक बजेटको व्यवस्था गर्न मन्त्री झाक्रीसँग आग्रह गरे । उनले आ.व. २०७८/०७९ बाटै काम सुरु हुने गरी योजना अगाडि बढाउन मन्त्री झाँक्रीलाई आग्रह गरेका छन् ।

 

प्रकाशित मिति: मंगलबार, माघ १८, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update