पाल्पा,माघ १८/ जिल्लामा पछिल्लो २४ घण्टामा थप ३५ जना कोरोना संक्रमित निको भएका छन् । आइसोलेसन तथा विभिन्न अस्पतालमा उपचार गराइरहेका जिल्लाका १४ जना महिला र २१ जना पुरुष संक्रमित निको भएका हुन् । स्वास्थ्य कार्यालय पाल्पाले मंगलबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा तानसेन नगरपालिकाका १६, रामपुर नगरपालिकाका ६, बगनासकाली गाउँपालिकाका ४, माथागढी गाउँपालिका, रम्भा गाउँपालिका, तिनाउ गाउँपालिका, रिब्दीकोट गाउँपालिकाका २/२ र रैनादेवी छहरा गाउँपालिकाका १ जना संक्रमित निको भएको पाइएको हो । योसँगै जिल्लामा निको हुने संक्रमितको संख्या १० हजार ८ सय ९७ पुगेको छ । जसमा ४ हजार ८ सय ६१ म्हिला र ६ हजार ३६ जना पुरुष रहेका छन् ।
यस्तै पछिल्लो २४ घण्टामा ५८ जना नयाँँ कोरोना संक्रमित थपिएका छन् । ५५ जनाको पीसीआर परीक्षण गरिएकोमा १९ जनामा संक्रमण पुष्टि भएको छ । जसमा तानसेनका ९, रिब्दीकोटका ३, तिनाउका २, रामपुर,रैनादेवी छहरा, माथागढी, पूर्वखोला, रम्भाका १/१ जनामा कोरोना पुष्टि भएको हो । योसँगै पीसीआर परीक्षण गर्दा जिल्लामा अहिलेसम्म ६ हजार ८ सय ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये २ हजार ७ सय ५० जना महिला र ४ हजार १ सय ३४ जना पुरुष रहेका छन् ।
यस्तै, एन्टिजेन परीक्षणमा ३९ जनामा संक्रमण देखिएको छ । ९३ जनामा परीक्षण गरिएकोमा ३९ जनामा संक्रमण देखिएको हो । तानसेनका ३४, बगनासकालीका २, माथागढी, पूर्वखोला, रम्भाका १/१ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ । योसँगै जिल्लामा एन्टिजेन परीक्षणबाट संक्रमण हुनेको संख्या ५ हजार ४२ पुगेको छ । जहाँ २ हजार ५ सय ८५ जना महिला र २ हजार ४ सय ५७ जना पुरुष रहेको स्वास्थ्य कार्यालयको तथ्याङ्कमा उल्लेख छ । यहाँ अहिलेसम्म २ सय ६२ जना संक्रमितको मृत्यु भइसकेको छ । जसमा ८६ जना महिला र १ सय ७६ जना पुरुष रहेको स्वास्थ्य कार्यालयको तथ्याङ्कमा छ । जिल्लामा अहिलेसम्म ७ सय ६७ जना सक्रिय संक्रमित रहेका छन् । जस मध्ये ७ सय ५५ जना होम आइसोलेसनमा रहेका छन् भने १२ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।