Shittalpati
पाल्पामा एकै दिन ५६ संक्रमितले कोरोना जिते , ६८ जनामा संक्रमण पुष्टि

पाल्पा, जिल्लामा एकै दिन ५६ जना संक्रमितले कोरोना जितेका छन् । पछिल्लो २४ घण्टामा आइसोलेसन तथा विभिन्न अस्पतालमा उपचार गराइरहेका जिल्लाका २७ जना महिला र २९ जना पुरुष संक्रमितले कोरोना जितेका हुन् ।

स्वास्थ्य कार्यालय पाल्पाले बुधबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा तानसेन नगरपालिकाका १९, रामपुर नगरपालिकाका १०, रम्भा गाउँपालिकाका ९, बगनासकाली गाउँपालिका, माथागढी गाउँपालिकाका ५/५, रैनादेवी छहरा गाउँपालिका, पूर्वखोला गाउँपालिकाका ३/३, रिब्दीकोट गाउँपालिका र निस्दी गाउँपालिकाका १/१ जना संक्रमितले कोरोना जितेको पाइएको हो । योसँगै जिल्लामा निको हुने संक्रमितको संख्या १० हजार ९ सय ५३ पुगेको छ । जसमा ४ हजार ८ सय ८८ महिला र ६ हजार ६५ जना पुरुष रहेका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा ६८ जना नयाँँ कोरोना संक्रमित थपिएका छन् । २० जनाको पीसीआर परीक्षण गरिएकोमा १२ जनामा संक्रमण पुष्टि भएको छ । जसमा तानसेनका ७, माथागढी, रामपुर, पूर्वखोला, रम्भा र बगनासकालीका १/१ जनामा कोरोना पुष्टि भएको हो । योसँगै पीसीआर परीक्षण गर्दा जिल्लामा अहिलेसम्म ६ हजार ८ सय ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये २ हजार ७ सय ५६ जना महिला र ४ हजार १ सय ४० जना पुरुष रहेका छन् ।

यस्तै, एन्टिजेन परीक्षणमा ५६ जनामा संक्रमण देखिएको छ । १ सय १६ जनामा परीक्षण गरिएकोमा ५६ जनामा संक्रमण देखिएको हो । तानसेनका ३९, रम्भाका ४, बगनासकाली, माथागढीका ३/३, रामपुर, रैनादेवी छहराका २/२, पूर्वखोला, तिनाउ र रिब्दीकोटका १/१ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ । योसँगै जिल्लामा एन्टिजेन परीक्षणबाट संक्रमण हुनेको संख्या ५ हजार ९८ पुगेको छ । जहाँ २ हजार ६ सय २० जना महिला र २ हजार ४ सय ७८ जना पुरुष रहेको स्वास्थ्य कार्यालयको तथ्याङ्कमा उल्लेख छ । यहाँ अहिलेसम्म २ सय ६३ जना संक्रमितको मृत्यु भइसकेको छ । जसमा ८७ जना महिला र १ सय ७६ जना पुरुष रहेको स्वास्थ्य कार्यालयको तथ्याङ्कमा छ । जिल्लामा अहिलेसम्म ७ सय ७८ जना सक्रिय संक्रमित रहेका छन् । जस मध्ये ७ सय ६५ जना होम आइसोलेसनमा रहेका छन् भने १३ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति: बुधबार, माघ १९, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update