पाल्पा, जिल्लामा पछिल्लो २४ घण्टामा थप ८१ जना संक्रमित कोरोनामुक्त भएका छन् । आइसोलेसन तथा विभिन्न अस्पतालमा उपचार गराइरहेका जिल्लाका ३९ जना महिला र ४२ जना पुरुष संक्रमित कोरोना संक्रमणमुक्त भएका हुन् ।
स्वास्थ्य कार्यालय पाल्पाले शुक्रबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा तानसेन नगरपालिकाका ४१, बगनासकाली गाउँपालिकाका १०, पूर्वखोला गाउँपालिकाका ८, रैनादेवी छहरा गाउँपालिकाका ६, रामपुर नगरपालिका, रम्भा गाउँपालिकाका ५/५, माथागढी गाउँपालिकाका ४, तिनाउ गाउँपालिका र निस्दी गाउँपालिकाका १/१ जना संक्रमितले कोरोना जितेको पाइएको हो । योसँगै जिल्लामा निको हुने संक्रमितको संख्या ११ हजार १ सय ९१ पुगेको छ । जसमा ५ हजार १६ महिला र ६ हजार १ सय ७५ जना पुरुष रहेका छन् ।
यस्तै पछिल्लो २४ घण्टामा ३० जना नयाँँ कोरोना संक्रमित थपिएका छन् । ११ जनाको पीसीआर परीक्षण गरिएकोमा ८ जनामा संक्रमण पुष्टि भएको छ । जसमा रिब्दीकोटका ३, तानसेन,पूर्वखोलाका २/२ र रम्भाका १ जनामा कोरोना पुष्टि भएको हो । योसँगै पीसीआर परीक्षण गर्दा जिल्लामा अहिलेसम्म ६ हजार ९ सय १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये २ हजार ७ सय ६४ जना महिला र ४ हजार १ सय ५० जना पुरुष रहेका छन् ।
यस्तै, एन्टिजेन परीक्षणमा २२ जनामा संक्रमण देखिएको छ । ८९ जनामा परीक्षण गरिएकोमा २२ जनामा संक्रमण देखिएको हो । तानसेनका ९, बगनासकालीकाका ४, माथागढी, रामपुर, रिब्दीकोटका २/२, रैनादेवी छहरा, रम्भा र तिनाउका १/१ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ । योसँगै जिल्लामा एन्टिजेन परीक्षणबाट संक्रमण हुनेको संख्या ५ हजार १ सय ६० पुगेको छ । जहाँ २ हजार ६ सय ५४ जना महिला र २ हजार ५ सय ६ जना पुरुष रहेको स्वास्थ्य कार्यालयको तथ्याङ्कमा उल्लेख छ । यहाँ अहिलेसम्म २ सय ६४ जना संक्रमितको मृत्यु भइसकेको छ । जसमा ८७ जना महिला र १ सय ७७ जना पुरुष रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लामा अहिलेसम्म ६ सय १९ जना सक्रिय संक्रमित रहेका छन् । जस मध्ये ६ सय ११ जना होम आइसोलेसनमा रहेका छन् भने ८ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।