पाल्पा, जिल्लामा पछिल्लो २४ घण्टामा थप ७४ जना कोरोना संक्रमित निको भएका छन् । आइसोलेसन तथा विभिन्न अस्पतालमा उपचार गराइरहेका जिल्लाका ४१ जना महिला र ३३ जना पुरुष संक्रमित निको भएका हुन् ।
स्वास्थ्य कार्यालय पाल्पाले शनिबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा तानसेन नगरपालिकाका ४१, बगनासकाली गाउँपालिकाका ११, रैनादेवी छहरा गाउँपालिकाका १०, पूर्वखोला गाउँपालिकाका ६, माथागढी गाउँपालिकाका २, रामपुर नगरपालिका, रम्भा गाउँपालिका, निस्दी गाउँपालिका र रिब्दीकोट गाउँपालिकाका १/१ जना संक्रमितले कोरोना जितेको पाइएको हो । योसँगै जिल्लामा निको हुने संक्रमितको संख्या ११ हजार २ सय ६५ पुगेको छ । जसमा ५ हजार ५७ महिला र ६ हजार २ सय ८ जना पुरुष रहेका छन् ।
यस्तै पछिल्लो २४ घण्टामा १७ जना नयाँँ कोरोना संक्रमित थपिएका छन् । १७ जनाको पीसीआर परीक्षण गरिएकोमा १२ जनामा संक्रमण पुष्टि भएको छ । जसमा तानसेनका ५, बगनासकालीका ३, माथागढीका २, रामपुर, रैनादेवी छहराका १/१ जनामा कोरोना पुष्टि भएको हो । योसँगै पीसीआर परीक्षण गर्दा जिल्लामा अहिलेसम्म ६ हजार ९ सय २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये २ हजार ७ सय ७१ जना महिला र ४ हजार १ सय ५५ जना पुरुष रहेका छन् ।
यस्तै, एन्टिजेन परीक्षणमा ५ जनामा संक्रमण देखिएको छ । ९ जनामा परीक्षण गरिएकोमा ५ जनामा संक्रमण देखिएको हो । रम्भाका ४ र माथागढीका १ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ । योसँगै जिल्लामा एन्टिजेन परीक्षणबाट संक्रमण हुनेको संख्या ५ हजार १ सय ६५ पुगेको छ । जहाँ २ हजार ६ सय ५६ जना महिला र २ हजार ५ सय ९ जना पुरुष रहेको स्वास्थ्य कार्यालयको तथ्याङ्कमा उल्लेख छ । यहाँ अहिलेसम्म २ सय ६४ जना संक्रमितको मृत्यु भइसकेको छ । जसमा ८७ जना महिला र १ सय ७७ जना पुरुष रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लामा अहिलेसम्म ५ सय ६२ जना सक्रिय संक्रमित रहेका छन् । जस मध्ये ५ सय ५५ जना होम आइसोलेसनमा रहेका छन् भने ७ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।