Shittalpati
पाल्पामा आइतबार थप १ सय २० जना संक्रमणमुक्त

पाल्पा, जिल्लामा पछिल्लो २४ घण्टामा थप १ सय २० जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् । आइसोलेसन तथा विभिन्न अस्पतालमा उपचार गराइरहेका जिल्लाका ६२ जना महिला र ५८ जना पुरुष संक्रमणमुक्त भएका हुन् । स्वास्थ्य कार्यालय पाल्पाले आइतबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा तानसेन नगरपालिकाका ५०, पूर्वखोला गाउँपालिकाका २२, बगनासकाली गाउँपालिका, रैनादेवी छहरा गाउँपालिका, रामपुर नगरपालिकाका १०/१०, माथागढी गाउँपालिकाका ८, रम्भा गाउँपालिकाका ७, निस्दी गाउँपालिकाका २ र रिब्दीकोट गाउँपालिकाका १ जना संक्रमितले कोरोना जितेको पाइएको हो । योसँगै जिल्लामा निको हुने संक्रमितको संख्या ११ हजार ३ सय ८५ पुगेको छ । जसमा ५ हजार १ सय १९ महिला र ६ हजार २ सय ६६ जना पुरुष रहेका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा ८ जना नयाँँ कोरोना संक्रमित थपिएका छन् । १४ जनाको पीसीआर परीक्षण गरिएकोमा ६ जनामा संक्रमण पुष्टि भएको छ । जसमा तानसेनका ३,माथागढी, रैनादेवी छहरा र पूर्वखोलाका १/१ जनामा कोरोना पुष्टि भएको हो । योसँगै पीसीआर परीक्षण गर्दा जिल्लामा अहिलेसम्म ६ हजार ९ सय ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये २ हजार ७ सय ७३ जना महिला र ४ हजार १ सय ५९ जना पुरुष रहेका छन् ।

यस्तै, एन्टिजेन परीक्षणमा २ जनामा संक्रमण देखिएको छ । ४ जनामा परीक्षण गरिएकोमा २ जनामा संक्रमण देखिएको हो । तानसेन र माथागढीका १र१ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ । योसँगै जिल्लामा एन्टिजेन परीक्षणबाट संक्रमण हुनेको संख्या ५ हजार १ सय ६७ पुगेको छ । जहाँ २ हजार ६ सय ५८ जना महिला र २ हजार ५ सय ९ जना पुरुष रहेको स्वास्थ्य कार्यालयको तथ्याङ्कमा उल्लेख छ । यहाँ अहिलेसम्म २ सय ६४ जना संक्रमितको मृत्यु भइसकेको छ । जसमा ८७ जना महिला र १ सय ७७ जना पुरुष रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लामा अहिलेसम्म ४ सय ५० जना सक्रिय संक्रमित रहेका छन् । जस मध्ये ४ सय ४३ जना होम आइसोलेसनमा रहेका छन् भने ७ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति: आइतबार, माघ २३, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update